शेयर बजारमा ऐतिहासिक उछाल, ५० अंकले बढ्दा १७ अर्ब बढीको कारोबार « Khabarhub

शेयर बजारमा ऐतिहासिक उछाल, ५० अंकले बढ्दा १७ अर्ब बढीको कारोबार


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार मापन गर्ने नेप्से परिसूचक हालसम्मै उच्च अंकमा पुगेर रेकर्ड कायम गरेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक हालसम्मकै उच्च ५० अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ५०.१३ अंकले बढ्दै २८०६.८९ अंकमा पुगेर बन्द भएको छ । आजको कारोबारमा नेप्से हालसम्मकै उच्च अंक २९१९.१० अंकसम्म पुगेको छ ।

आइतबार ९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ । ६ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आइतबार ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२४.५ रुपैयाँमा कारोबार भएको छ । यसअघिको उच्च कारोबार १७ अर्ब २८ करोड ८४ लाख ३२ हजार २४४.९१ रुपैयाँ थियो । लघुवित्तको शेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्यो ।

यस्तै गुडविल फाइनानसको शेयर मूल्य ९.८९ प्रतिशत, लुम्बिनी विकास बैंकको शेयर मूल्य ९.८८ प्रतिशत र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ ।

पुनर्बीमा कम्पनीको एक अर्ब २१ करोड रुपैयाँ बराबर शेयर कारोबार भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ८३ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ४ : ०९ बजे

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक

वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण

बागमती– पढ्ने उमेर भए पनि मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश