राष्ट्रिय जनमोर्चाका सांसद थापालाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित) | Khabarhub Khabarhub

राष्ट्रिय जनमोर्चाका सांसद थापालाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई बर्खास्त नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डाक्टर कुमार चुडालको एकल इजलासले जनमोर्चाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

जनमोर्चाले पार्टीको निर्देशन नमानेको भन्दै सांसद थापालाई सांसद पदसहित पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको थियो ।

गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका उनले आफ्नो सांसद पद यथास्थितिमा रहनुपर्ने मागसहित अदालतमा रिट दायर गरेका थिए ।

आदेशबारे जानकारी दिदै सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले निवेदकले मागेअनुसारको आदेश  भएको बताए । सर्वोच्चले कारबाही गरिएको विषयमा जवाफ दिन समेत आदेश दिएको छ ।

यस्तो छ आदेश

 

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ४ : ४४ बजे

रुसले हवाई क्षेत्रको उल्लङ्घन तुरुन्त रोक्नुपर्छ : नाटो

एजेन्सी– नाटोले पूर्वी युरोपमा भइरहेका हवाई क्षेत्र उल्लङ्घनप्रति गम्भीर चिन्ता

रेडियो नेपालको विरासत कायम राख्दै प्रतिस्पर्धी बन्न सञ्चारमन्त्री खरेलको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज सार्वजनिक सेवा

अपहरणपछि हत्या प्रकरण : अनुसन्धानको लागि आठजना प्रहरी नियन्त्रणमा

सिरहा– यहाँको गोलबजार नगरपालिका–१३ का १६ वर्षीय अभिषेक महतोको अपहरणपछि

अब बदलिनेले नेतृत्व र नबदलिनेले बिदा लिन्छन् : महामन्त्री शर्मा

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘जेन-जी’ को भावना र