गोङ्गबुमा नेविसंघको विरोध प्रदर्शन « Khabarhub

गोङ्गबुमा नेविसंघको विरोध प्रदर्शन


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको नीतिको विरोध गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँमा प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौँको गोङ्गबु चोकमा नेविसंघका विद्यार्थीले सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीतिको विरोध गर्दै प्रदर्शन गरे ।

प्रदर्शनका क्रममा उनीहरूले सरकार बिरोधी नारा लगाउँदै चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीति फिर्ता लिन माग गरेका छन् । नेविसंघले उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै नाराबाजी गरेका थिए ।

केहीबेर प्रर्दशन गरेपछि प्रहरीले नेविसंघ महामन्त्री दीपक भट्टराईसहित केही विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ६ : ४५ बजे

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने

परिषद्का कर्मचारीलाई कामबाट नहटाउन आदेश

 काठमाडौं– श्रम अदालतले समाज कल्याण परिषद्बाट हटाइएका १४ अस्थायी कर्मचारीलाई कामबाट

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की