दमक अस्पतालमा अक्सिजन प्लान्ट « Khabarhub

दमक अस्पतालमा अक्सिजन प्लान्ट


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– दमकस्थित सरकारी अस्पताल दमक अस्पतालअन्तगर्त रहने गरी अक्सिजन प्लान्ट निर्माण प्रक्रिया शुरू भएको छ ।

युनाईटेड नेशन्स् अफिस फर प्रोजेक्ज सर्भिस–युएनओपीएस मार्फत अक्सिजन प्लान्ट निर्माण प्रक्रिया शुरू भएको हो । दमक नगरपालिका मातहतको दमक अस्पतालले सञ्चालन गरिरहेको कोभिड अस्पताललाई लक्षित गरेर यो योजना शुरू भएको हो ।

अस्पताल सञ्चालक समिति अध्यक्ष समेत रहेकी नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार युएनओपीएस मार्फत सात प्रदेशमा एक–एक वटा अक्सिजन प्लान्ट निर्माण हुने योजना अनुसार दमकमा पनि प्रक्रिया शुरू भएको हो । उनका अनुसार ४० घन मिटर प्रतिघण्टा अक्सिजन उत्पादन हुने प्लान्ट निर्माण गरिने छ । प्लाण्ट स्थापना गरी जति सक्दो चाँडो अक्सिजन उत्पादन शुरू गर्ने लक्ष्य राखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने जमिन पहिचान गरी उपलब्ध गराउन दमक अस्पताललाई आग्रह गरेको थियो । सोही अनुसार नगरपालिकाले व्यवस्थापन गरेको जमिनमा प्राविधिक सहितको टोलीले निरीक्षण गरेको छ ।

महाशाखाका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले दमक अस्पताललाई पठाएको पत्र अनुसार ४० घन मिटर प्रतिघण्टा उत्पादन क्षमताको प्लान्ट सञ्चालनका लागि विश्व बैंकको सहयोग प्राप्त भएको छ । ३ वर्षसम्म प्लान्ट सञ्चालन गर्न विश्व बैंक तथा युनएनओपीएसले सहयोग गर्ने जनाईएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ९ : ०१ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको