दमक अस्पतालमा अक्सिजन प्लान्ट « Khabarhub

दमक अस्पतालमा अक्सिजन प्लान्ट


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– दमकस्थित सरकारी अस्पताल दमक अस्पतालअन्तगर्त रहने गरी अक्सिजन प्लान्ट निर्माण प्रक्रिया शुरू भएको छ ।

युनाईटेड नेशन्स् अफिस फर प्रोजेक्ज सर्भिस–युएनओपीएस मार्फत अक्सिजन प्लान्ट निर्माण प्रक्रिया शुरू भएको हो । दमक नगरपालिका मातहतको दमक अस्पतालले सञ्चालन गरिरहेको कोभिड अस्पताललाई लक्षित गरेर यो योजना शुरू भएको हो ।

अस्पताल सञ्चालक समिति अध्यक्ष समेत रहेकी नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार युएनओपीएस मार्फत सात प्रदेशमा एक–एक वटा अक्सिजन प्लान्ट निर्माण हुने योजना अनुसार दमकमा पनि प्रक्रिया शुरू भएको हो । उनका अनुसार ४० घन मिटर प्रतिघण्टा अक्सिजन उत्पादन हुने प्लान्ट निर्माण गरिने छ । प्लाण्ट स्थापना गरी जति सक्दो चाँडो अक्सिजन उत्पादन शुरू गर्ने लक्ष्य राखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने जमिन पहिचान गरी उपलब्ध गराउन दमक अस्पताललाई आग्रह गरेको थियो । सोही अनुसार नगरपालिकाले व्यवस्थापन गरेको जमिनमा प्राविधिक सहितको टोलीले निरीक्षण गरेको छ ।

महाशाखाका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले दमक अस्पताललाई पठाएको पत्र अनुसार ४० घन मिटर प्रतिघण्टा उत्पादन क्षमताको प्लान्ट सञ्चालनका लागि विश्व बैंकको सहयोग प्राप्त भएको छ । ३ वर्षसम्म प्लान्ट सञ्चालन गर्न विश्व बैंक तथा युनएनओपीएसले सहयोग गर्ने जनाईएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ९ : ०१ बजे

सभामुखलाई विपक्षीले भने- प्रधानमन्त्रीबाट सीमाबारे स्पष्ट जवाफ नआएसम्म विरोध गरिरहन्छौँ

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नियमित रुपमा प्रधानमन्त्रीसँग

बालुवाटारमा लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिरहरू)

काठमाडौं– आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरबाट

धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय बैठक

जनकपुरधाम- धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आच आउन

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा