राप्रपा अध्यक्ष राणाद्वारा अक्सिजन जेनेरेटर सहयोग « Khabarhub

राप्रपा अध्यक्ष राणाद्वारा अक्सिजन जेनेरेटर सहयोग


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले मेलम्ची प्राथमिक स्वास्थ्य चौकीलाई हाइड्रोजन अक्सिजन जेनेरेटर हस्तान्तरण गरेका छन् ।

‘कोभिड–१९ महामारीविरुद्ध अग्रमोर्चामा खटेर स्वास्थ्यकर्मीहरूले गरेको कार्य उल्लेखनीय रहेको नेपाली समाजले महसुस गरेकै यथार्थ हो । यसै सन्दर्भमा उपलब्ध उपकरणले रोगको उपचारमा सहयोग प्राप्त हुन्छ भन्ने आशा लिएको छु,’ अध्यक्ष राणाले भर्चुअल संवादको क्रममा आइतबार मेलम्ची स्वास्थ्य चौकीका डा. आशिष श्रेष्ठसँग भने ।

नेबुलाइजर सहितको हाइड्रोजन अक्सिजन जेनेरेटरले विद्युत आपूर्ति अवरोध नहुँदा २४ सै घण्टा सेवा प्रदान गर्नेछ । विद्युत नभएको अवस्थामा तीन घण्टा हाइड्रोजन, अक्सिजन उत्पादन गरी कोभिड बिरामीलाई नियमित सेवा दिनेछ ।

स्वास्थ्य चौकीका अधिकारीहरूसँग काठमाडौँबाट कुराकानी गर्ने क्रममा अध्यक्ष राणाले जनताको हितमा निरन्तर सहयोग गर्दै जाने बताए ।

जेनेरेटर हस्तान्तरण कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यहरू, जिल्ला समिति, क्षेत्रिय कार्य समितिका सदस्य लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १० : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै