सामाजिक कुरीति अन्त्यका लागि पञ्च वर्षे रणनीतिक योजना अघि बढाइयो « Khabarhub

सामाजिक कुरीति अन्त्यका लागि पञ्च वर्षे रणनीतिक योजना अघि बढाइयो


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले समाजमा रहेका कुरीति अन्त्यका लागि पाँच वर्षे रणनीतिक कार्ययोजनालाई अघि बढाउने बताएकी छन् ।

आइतबार सिंहदरबारमा पदभार ग्रहणका क्रममा मन्त्री चौधरीले पाँच वर्षे रणनीतिक कार्ययोजनासम्बन्धी फाइल सदर गर्दै प्रदेश र स्थानीयका साथै संघीय सरकारको संयुक्त पहलमा समाजमा रहेका कुरीति अन्त्य गरिने बताएकी हुन् । मन्त्री चौधरीले अझै पनि समाजमा बालविवाह, दाइजो जस्ता कुरीति रहेको र सबै मिलेर यस्ता कुरीतिलाई अन्त्य गर्नुपर्ने धारणा राखिन् ।

उनले सामाजिक सुरक्षा योजना मुलुकका सबै क्षेत्रमा समान रुपमा पुग्न नसकेको भन्दै यस विषयलाई छिटो भन्दा छिटो समाधान गर्ने दाबी गरिन् ।

मन्त्रालयमा धेरै कार्ययोजनाहरू कार्यान्वयन नै नहुने अवस्थालाई अन्त्य गर्नका लागि प्राथमिकताका आधारमा योजनालाई अघि बढाइने उनले जानकारी दिइन् ।

आइतबार नै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङले पनि पदभार ग्रहण गरेकी छन् ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १० : ४५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको