‘अवैध जुवा’ को प्रोमोशनल भिडियो हटाउन विज्ञापन बोर्डको निर्देशन | Khabarhub Khabarhub

‘अवैध जुवा’ को प्रोमोशनल भिडियो हटाउन विज्ञापन बोर्डको निर्देशन


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विज्ञापन बोर्डले ‘वान एक्स वेट’ को नाममा डिजिटल प्लेटफर्म मार्फत भएका ‘अवैध जुवा’ मा लगानी गर्ने सम्बन्धी विज्ञापन हटाउन र त्यस्तो गतिविधि नगर्न निर्देशन दिएको छ ।

केही दिनयता केही चर्चित कलाकारसमेत कतिपय व्यक्तिहरुले आफ्नो यूटुव च्यानल मार्फत ‘वान एक्स वेट’ लाई प्रमोशन गर्ने खालका भिडियोहरु राख्ने गरेका छन् ।

उनीहरुले भिडियो मार्फत ‘वान एक्स वेट’ मा लगानी गरेर रिक्स विना पनि पैसा कमाउन सक्ने भन्दै उक्त गेमको विज्ञापन गरेका छन् । नेपालको कानुनले जुवा, तास र सौदाबाजीलाई अवैध मानेको छ ।

विज्ञापन बोर्डले आइतबार विज्ञप्ति जारी गरी ‘वान एक्स वेट’ को नाममा विभिन्न डिजिटल प्लेटफर्म मार्फत अवैध जुवामा लगानी गर्न सकिने सम्बन्धी विज्ञापन दिई कारोबार भइरहेको जानकारी बोर्डमा प्राप्त भएको जनाउँदै त्यस्तो काम नगर्न सचेत गराएको छ ।

विप्तिमा भनिएको छ, ‘यस्ता काम विज्ञापन ऐन २०७६ को दफा ५ को उपदफा १ को खण्ड (ख) को व्यवस्था विपरीत भएकाले तत्काल यस्ता गतिविधिहरु बन्द गर्न र प्रमोशनल भिडियोहरु डिजिटल प्लेटफर्मबाट हटाउन सूचित गरिन्छ ।’

बोर्डले विज्ञापन नहटाए कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ कोे दफा ५ को उपदफा १ को खण्ड (क) मा ‘प्रचलित नेपाल कानूनले उत्पादन, विक्रीवितरण उपयोग वा प्रयोग गर्न निषेध गरेका कुनै वस्तु, पदार्थ वा सेवाको उत्पादन बिक्रीवितरण उपयोग वा प्रयोग गर्न प्रोत्साहन गर्ने खालका विज्ञापन गर्न नहुने’ प्रावधान छ ।

सोही दफाको खण्ड (ख) र (ग) मा जुवा खेल्न खेलाउन वा प्रचलित कानून बमोजिम अनुमति नलिएको चिठ्ठा किन्न किनाउन प्रोत्साहन गर्न नपाइने र प्रचलित कानून बमोजिम अश्लिल मानिने विषय वा तत्सम्बन्धी अन्य विषयवस्तु वा सेवाको उपयोग वा प्रयोग गर्न वा प्रवद्र्धन गर्न प्रोत्साहन गर्न नहुने प्रावधान छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ७ : १३ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका