‘कोभिशिल्ड’ पहिलो डोज लगाएकालाई दोस्रो डोजमा ‘एस्ट्राजेनेका’ खोप दिइने « Khabarhub

‘कोभिशिल्ड’ पहिलो डोज लगाएकालाई दोस्रो डोजमा ‘एस्ट्राजेनेका’ खोप दिइने


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारले भारतीय खोप ‘कोभिशिल्ड’ को पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकाहरुलाई ‘एस्ट्राजेनेका’ खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले आइतबार जरूरी सूचना जारी गर्दै कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई एउटै प्रकृतिको एस्ट्राजेनेका खोप लगाउने जानकारी दिएको हो ।

२०७७ फागुन २३ गतेदेखि चैत १० गतेसम्म कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुले दोस्रो मात्रा लगाउने समय भइसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले जारी गरेको सूचनामा उल्लेख छ । तर भारतीय खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले सम्झौता बमोजिम खोप उपलब्ध गराउन नसक्दा विकल्पमा एस्ट्राजेनेका खोप लगाउने व्यवस्था मिलाइने भएकाले धैर्यताका साथ प्रतिक्षा गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

एस्ट्राजेनका खोप नेपाललाई प्राप्त भएपश्चात १२ हप्तापछि पनि उक्त खोपलाई दोस्रो मात्राको रुपमा लगाउने व्यवस्था मिलाइने जनाइएको छ ।

भारतीय कम्पनी सिरमसँग नेपाल सरकारले खोप खरिदका लागि सम्झौता गर्दै अग्रिम भुक्तानी समेत गरिसकेको छ । तर भारत सरकारले खोप निर्यातमा रोक लगाउँदा नेपालले खरिद गरेको खोप प्राप्त गर्न सकेको छैन । साथै कोभिशिल्ड खोप कोभ्याक्स सुविधाबाट पनि प्राप्त हुन नसक्दा खोप अभियान प्रभावित हुन पुगेको छ ।

बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेका/अक्सफोर्डले उत्पादन गरेको एस्ट्राजेनेका खोपकै भारतीय संस्करण कोभिशिल्ड हो । एस्ट्राजेनेका/अक्सफोर्डले भारतीय कम्पनी सिरमलाई कोभिशिल्ड उत्पादनका लागि अनुमति दिएको थियो ।

हेर्नुहोस् सूचना

 

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ८ : ५० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको