एमआइटी ग्रुपबाट तीन करोडको स्वास्थ्य सामग्री सहयोग « Khabarhub

एमआइटी ग्रुपबाट तीन करोडको स्वास्थ्य सामग्री सहयोग


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एमआईटी ग्रुप फाउण्डेसनले कोरोना प्रभावित नेपालीका लागि थप तीन करोड रुपैयाँका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा स्थापित फाउण्डेसनले संक्रमितको उपचारका लागि अस्पतालहरुमा अक्सिजनको कमी भइरहेको अवस्थामा मानव जीवन रक्षाका लागि आपतकालीन सहयोगस्वरुप दुई सय २० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न लागेको हो ।

अष्ट्रेलियामा मुख्यालय रहेको फाउण्डेसनले ती सामग्री शनिबार साँझ काठमाडौ आइपुगेको जनाएको छ । फाउण्डेसनले गत वर्ष कोरोना प्रभावितको सहयोगका लागि रु तीन करोड सहयोग गरेको थियो ।

फाउण्डेसनकी निर्देशक जमुना गुरुङले कोरोना कहरसँग लडिरहेको मातृभूमिप्रतिको दायित्वबोध गरेर यो रकम सहयोग गर्न लागेको बताइन् ।

फाउण्डेसनका निर्देशकद्वय शेष घले र जमुना गुरुङले विभिन्न खोप उत्पादक कम्पनी, कोभ्याक्स अभियान सञ्चालन गरिरहेका संस्था र अष्ट्रेलिया सरकारसँग समेत नेपाललाई खोप उपलब्ध गराउन पहल गरिरहेको फाउण्डेसनले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ९ : ४५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु