एमआइटी ग्रुपबाट तीन करोडको स्वास्थ्य सामग्री सहयोग « Khabarhub

एमआइटी ग्रुपबाट तीन करोडको स्वास्थ्य सामग्री सहयोग


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एमआईटी ग्रुप फाउण्डेसनले कोरोना प्रभावित नेपालीका लागि थप तीन करोड रुपैयाँका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा स्थापित फाउण्डेसनले संक्रमितको उपचारका लागि अस्पतालहरुमा अक्सिजनको कमी भइरहेको अवस्थामा मानव जीवन रक्षाका लागि आपतकालीन सहयोगस्वरुप दुई सय २० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न लागेको हो ।

अष्ट्रेलियामा मुख्यालय रहेको फाउण्डेसनले ती सामग्री शनिबार साँझ काठमाडौ आइपुगेको जनाएको छ । फाउण्डेसनले गत वर्ष कोरोना प्रभावितको सहयोगका लागि रु तीन करोड सहयोग गरेको थियो ।

फाउण्डेसनकी निर्देशक जमुना गुरुङले कोरोना कहरसँग लडिरहेको मातृभूमिप्रतिको दायित्वबोध गरेर यो रकम सहयोग गर्न लागेको बताइन् ।

फाउण्डेसनका निर्देशकद्वय शेष घले र जमुना गुरुङले विभिन्न खोप उत्पादक कम्पनी, कोभ्याक्स अभियान सञ्चालन गरिरहेका संस्था र अष्ट्रेलिया सरकारसँग समेत नेपाललाई खोप उपलब्ध गराउन पहल गरिरहेको फाउण्डेसनले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ९ : ४५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको