स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद « Khabarhub

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–अब स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद हुने नयाँ व्यवस्था गरिएको छ ।

राष्ट्रपति विद्यादवी भण्डारीले आज जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’ मा अब स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद बस्नुपर्ने व्यवस्था गरिएको हो ।

अध्यादेशको दफा ३ मा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पु¥याए तीन वर्ष कैद वा रु तीन लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । अध्यादेशमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याएमा पनि तीन वर्ष कैद वा तीन लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

यस्तै अध्यादेशमा स्वास्थ्य संस्यामा आगजनी गरे दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपियाँदेखि पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

यसैगरी स्वास्थ्य संस्थामा तालबन्दी गर्न वा घेराउ गरे, स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पु¥याए वा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न कुनै किसिमको धम्कि दिए, गालीगलौच गर्न वा अभद्र र अपमानजनक व्यवहार गर्न गरे एक वर्षसम्म कैद वा एक लाख रुपियाँ जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।

यस्तै स्वास्थ्य संस्थाको सम्पत्ती तोडफोड, आगजनी, वा हानी नोक्सानी गरी क्षति पु¥याएमा त्यसरी भएको क्षति बराबरको रकम भराउनुपर्ने उल्लेख अध्यादेशमा गरिएको छ ।

अध्यादेशमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धमा समन्वयात्मक रुपले काम गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका १२ औं तहका कर्मचारी अध्यक्ष रहेका स्वास्थ्य तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति गठन हुने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ८ : ४० बजे

हिउँ र लेक लाग्ने डरबीच हिमाली जिल्लामा चुनावको तयारी

काठमाडौँ – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन

खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारका लागि के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ – मध्यपूर्वमा विकसित परिस्थितिमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयले