प्रदेश २ मा महन्थ ठाकुर पक्षका १ मन्त्री र ३ राज्यमन्त्री बर्खास्त « Khabarhub

प्रदेश २ मा महन्थ ठाकुर पक्षका १ मन्त्री र ३ राज्यमन्त्री बर्खास्त


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जनालाई बर्खास्त गरेका छन् ।

जसपा संसदीय दलको बहुमत सदस्यले दल नेतामा चयन गरेकै दिन मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाएका हुन् ।

पार्टीभित्र विवाद भएका बेला महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष केन्द्र सरकारमा सहभागी भएसँगै यसको असर प्रदेश-२ मा देखिएको हो ।

मुख्यमन्त्री राउतले मन्त्रीहरुलाई पदमुक्त गरिएकोबारे प्रदेश प्रमुख राजेश झा अहिराजलाई जानकारी गराएपछि प्रदेश प्रमुखको कार्यालयले मौजुदा मन्त्रिपरिषदको सूचि समेत प्रकाशित गरेको छ ।

यस्तो छ सूची

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको एक पक्ष केन्द्र सरकारमा सहभागी भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार पुनर्गठनको तयारीमा जुटेका छन् । अध्यक्ष यादवले मुख्यमन्त्री राउतकै नेतृत्वमा नयाँ सरकार बनाउन छलफल अगाडि बढाएका हुन् ।

प्रदेश २ सभामा १ सय ४ सांसद छन्। जसमा जसपा अध्यक्ष यादव पक्षमा ३२ र पूर्वराजपा पक्षमा २३ सांसद छन् । एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ सांसद छन्।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १० : ३४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा