ओलीको वक्तव्य पार्टी एकता हुन नदिने अर्को ‘डिजाइन’ हो : नेतृ झाँक्री « Khabarhub

ओलीको वक्तव्य पार्टी एकता हुन नदिने अर्को ‘डिजाइन’ हो : नेतृ झाँक्री


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले नेपाल-खनाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानलाई जालझेलको संज्ञा दिएकी छिन् ।

पार्टी एकता जोनाउन ओलीले ६ बुँदे अपिल जारी गरेको विषयमा उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उनले ओलीले जारी गरेको वक्तव्यबारे भनेकी छिन्, ‘पार्टीको एकता खास उद्देश्यका लागि थियो र एकता भंग पनि खास उद्देश्य पूरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ।’

‘नेकपा एमालेको एकताको कुरा: यो साच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बीचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन… झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ’, उनले फेसबुकमा लेखेकी छिन, ‘अझ गम्भिर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिने? फिर्ता लिने पक्षसंग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन र ?’

उनले लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशील गराउन, संसद पुनस्थापना गर्न आफूहरु अदालतको ढोका ढकढकाउन पुगेको बताएकी छन् । उनले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने प्रश्न नै नआउने स्पष्ट पारेकी छिन् ।

उनले यो वक्तव्य पनि षड्यन्त्रका साथ पार्टी एकता हुन नदिने डिजाइनका साथ आएको जनाएकी छिन् ।

उनले विकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे पार्टीको स्थायी कमिटीको बैठकले संस्थागत धारणा दिने बताएकी छिन्।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ११ : १७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको