भारतमा कोरोना स‌क्रमित र मृत्युदर घट्दो, निको हुने दर ९७ प्रतिशत बढी « Khabarhub

भारतमा कोरोना स‌क्रमित र मृत्युदर घट्दो, निको हुने दर ९७ प्रतिशत बढी


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोना भाइरसको संक्रमण र मृत्युदर क्रमशः घट्दो दरमा रहेको छ । पछिल्लो २४ घण्टामा ५५२ संक्रमितको मृत्यु भएसँगै त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३ हजार ३१० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ३४ हजार ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा अहिले भारतमा स‌ंकरमण दर निकै कम हुँदै गएको छ ।

भारतमा हालसम्म संक्रमितको संख्या ३ करोड ६ लाख १८ हजार ९३९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ७० हजार ७९८ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ८४५ जना निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म २ करोड ९७ लाख ४४ हजार ८३१ जना कोरोना भाइरस मुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म साढे ३५ करोड भन्दा बढीलाई कोरोनाविरुद्ध खोप लगाइएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ७ : ११ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि