उपनिर्वाचनमा लेबरको जित विभाजनमाथि प्रहार « Khabarhub

उपनिर्वाचनमा लेबरको जित विभाजनमाथि प्रहार



दुई साताअघि किम लिडबिटरसँग बेट्ली र स्पेनमा केही साता बिताउँदा मलाई दुई वटा कुराले प्रभाव पार्‍यो । पहिलो, मैले यसअघि कहिल्यै पनि उम्मेदवारप्रति स्थानीय मानिसहरूको त्यति धेरै चासो र माया देखेको थिइनँ । हामी जब सडकमा या अन्यत्र लोकल पबमा जहीँ पनि डिनरका लागि पुग्थ्यौँ, मानिसहरू आएर हेलो भन्दै हाम्रो अभियानलाई शुभकामना दिन्थे र सहयोगको प्रतिबद्धता व्यक्त गर्थे ।

उनीहरू लेबर पाटीका परम्परागत मतदाता थिएनन् तर धेरै टाढाबाट आएका स्थानीय समुदायका व्यक्तिहरू थिए जसले अगाडिका निर्वाचनहरूमा लेबर पार्टीलाई मतदान गरेका थिएनन् । उनीहरूलाई थाहा थियो कि किम उनीहरूका आफ्नै हुन् । जसले बेट्ली र इस्पेनलाई पहिलो प्राथमिकतामा राखे ।

त्यहाँको विषाक्त वातावरणले पनि मेरो मनमा असर पारेको थियो । यो उपनिर्वाचनको ह्याङ ओभर नै थियो । प्रतिस्पर्धामाथि हाबी हुन डर देखाउने, घृणा जगाउने र झुट फैलाउने जस्ता कुराका ससाना छिद्र थिए । केही दिनपछि किम, हाम्रा कार्यकर्ता र सदस्यहरू लक्षित हिंसात्मक र आक्रामक गतिविधिको शृङ्खलाकै सम्भावना हामीले प्रस्ट रूपमा देखिसकेका थियौँ । यसले बेट्ली र स्पेनका सारा ठाउँमा सबै उम्मेदवारमध्ये किमलाई अपमान बोध गराउँथ्यो ।

यसै कारणले बेट्ली र स्पेन एउटा उपनिर्वाचन मात्र थिएन । त्यो धेरै बढी थियो । यो घृणामाथि आशाको विजय थियो । यो विभाजन विरुद्ध शालीनता र झुटविरुद्ध सत्यको जित थियो ।

म त्यही समयमा संसद् प्रवेश गरेको थिएँ, जुन समयमा जो कक्स पनि प्रवेश गरेका थिए । हाम्रा बच्चाहरू लगभग उस्तै उमेरका छन् । हामी राम्रो साथी थियौँ र म उसको प्रेममय व्यवहार अझै मिस गरिरहेको छु । म कल्पना गर्न सक्छु कि उनकी बहिनीले उपनिर्वाचनमा जित हात पारेको र उनको स्थानीय समुदायलाई विभाजन गर्न चाहेकाहरूलाई हराएको देख्दा कति खुसी हुने थिइन् । फेरि एक पटक यो देखिएको छ कि हामीलाई विभाजन गर्नेभन्दा बाहेक अरू धेरै कुरा हाम्रा माझमा छन् ।

सबैभन्दा अप्ठेरो परिस्थितिमा बेट्ली र स्पेनको जित महत्वपूर्ण हो तर यो शुरूवातमात्र हो । म किमजस्तै धेरै सांसद सदस्य देख्न चाहन्छु । लेबरका अगाडि भर्खर हामीले देखेकाजस्ता अझ धेरै रात छन् ।

यो नमिल्दो सर्वेक्षण र पूर्वानुमानमाथिको जित थियो । साथै, किमको विजय अभियान शालीनता, इमानदारी र नैतिक मान्यताका कारण सम्भव भएको हो । यी त्यही लेबर पार्टीका मान्यता हुन्, जहाँ म नेतृत्व गर्छु ।

धेरै लामो समयसम्म हाम्रो राजनीतिमा हामीलाई विभाजित गर्न खोज्नेहरू हाबी भए । तिनीहरू शालीनता, इमानदारी र नैतिकता महत्वपूर्ण होइन भन्ने सोच्छन् । यसैको परिणाम हो कि हाम्रो राजनीति प्रदूषित र तुच्छ भयो । मन्त्रीको भनाइ र आम जीवन बीचमा धेरै भिन्नता हुँदै गयो । परिवर्तनका लागि राजनीतिमाथिको विश्वास र राम्रो कुराका लागि गरिने प्रयासमा विश्वास घट्दै गयो ।

यो नहोस् पनि किन ? जबकि आफ्नै बेइमानीमा रमाउने प्रधानमन्त्री हामीसँग छन् । जब जे मन लाग्छ, त्यही गर्दा पनि बर्खास्त हुने डर नभए पछि क्याबिनेट मन्त्रीहरूले पनि के गरुन् ? र जब सरकारले नै क्याबिनेट मन्त्रीलाई एउटा नियम र अन्यलाई अर्को नियमको आधारमा व्यवहार गर्छ ।

यो उपनिर्वाचन एउटा निर्णयक घुम्ती (टर्निङ प्वाइन्ट) हुन सक्छ । यसले एकता र इमानदारीले जित्न सकिन्छ, विभाजन र बेइमानीको राजनीतिले जित्न सकिँदैन भन्ने पनि सङ्केत गरेको छ । निष्ठा, इमानदारी र मर्यादा तथा झुट, भ्रम, अर्ध र असत्य बीचको यो विभेद बेट्ली र स्पेनको मात्र भिन्नता होइन, हाम्रो राजनीतिमा यो एउटा परिभाषित लडाइँ नै हो । चाहे त्यो बेलायतमा होओस्, अमेरिकामा होओस् या संसारको अन्य कुनै स्थानमा ।

अबका केही साता या महिना म लेबर पार्टीको पुनर्उत्थानको योजनाअनुसार देशव्यापी भ्रमण गर्नेछु । महामारीका कारण कोही पनि बच्चा पछाडि पर्दैन भन्ने निश्चित गर्न हामी १५ अर्ब पाउन्डको महत्वाकाङ्क्षी ‘एजुकेसन रिकभरी प्लान’ निर्माण गर्दै हामी अघि बढेका छौँ ।

यो विषयमा हाम्रो लेबर पार्टी कहाँ छ भन्ने मलाई थाहा छ । हामी यो देशलाई एकजुट बनाउन चाहन्छाँै, साम्प्रदायिक बाटोमा लैजान होइन । यसलाई मूर्तरूप दिन किमले जस्तो कसैले पनि सक्दैन । हामी एउटा बन्देजका मापदण्ड पूरा गर्दै बाहिर दुनियाँमा देखापर्दै छाँै ।
विगत वर्षहरूमा हामीले देखेको ऐक्यबद्धता र राष्ट्रिय भावना उजागर गर्ने यो एउटा राम्रो अवसर पनि हो । यसलाई निश्चित गरेर गत वर्षको हाम्रो त्यागपछि अझ बढी सङ्गठित, निष्पक्ष र सुरक्षित देश बनाउन सक्छौँ । हाम्रो अर्थतन्त्र पुनर्निर्माण गर्न र सामाजिक सेवा सुचारु गर्दै हाम्रो समुदायलाई एक ठाउँमा फिर्ता ल्याउन पनि यो आवश्यक छ । यसका अलावा, राजनीतिको मुटुमै इमानदारी र निष्ठा पनि फिर्ता ल्याउन पनि सक्छौ ।

अबका केही साता या महिना म लेबर पार्टीको पुनर्उत्थानको योजनाअनुसार देशव्यापी भ्रमण गर्नेछु । महामारीका कारण कोही पनि बच्चा पछाडि पर्दैन भन्ने निश्चित गर्न हामी १५ अर्ब पाउन्डको महत्वाकाङ्क्षी ‘एजुकेसन रिकभरी प्लान’ निर्माण गर्दै हामी अघि बढेका छौँ ।
यो सबैभन्दा अप्ठेरो परिस्थितिमा बेट्ली र स्पेनको जित महत्वपूर्ण हो तर यो शुरूवात मात्र हो । म किमजस्तै धेरै सांसद सदस्य देख्न चाहन्छु । साथै, लेबरका अगाडि भर्खर हामीले देखेकाजस्ता अझ धेरै रात छन् । लेबर फर्किएको छ र राम्रो भविष्यको प्रतिज्ञा सहित आएको छ ।

(केइर स्टारमर लेबर पार्टीका नेता तथा हल् बर्न र सेन्ट पाक्रासको प्रतिनिधित्व गर्ने बेलायती सांसद हुन् । ‘द गार्डियन’ मा २ जुलाईमा प्रकाशित यो लेख खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ८ : ०१ बजे

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त