सवारीसाधनमा जोरबिजोर प्रणाली हट्यो, के खुल्ने के नखुल्ने ? (सूचीसहित) « Khabarhub

सवारीसाधनमा जोरबिजोर प्रणाली हट्यो, के खुल्ने के नखुल्ने ? (सूचीसहित)


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप खुकुलो पारिएको छ । आजबाट उपत्यकामा सबै सार्वजनिक सवारीसाधन चलेका छन् ।

सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली पनि हटाइएको छ । जोरबिजोर प्रणाली हटेसँगै सडकमा सवारी चाप पनि बढेको छ ।

आइतबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप केही क्षेत्रलाई खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको थियो ।

यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएको थियो । सफा टेम्पो र निलो माइक्रोले कुल ९ जना यात्रु बोक्न पाउँछन् । पछाडि तेर्सो सिटमा ४/४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कुल ९ जना यात्रुभन्दा बढी बोक्न पाउने छैनन् ।

निषेध गरिएका गतिविधिहरु

  • सबै प्रकारकार सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार नाचघर, क्लब लगायत धेरै मानिस भिडभाड हुने क्षेत्र खोल्न नपाइने ।
  • खुला स्थानमा मानिसहरु भेला भई भिडभाड गर्न,जुलुस, जात्रा महत्सव भोज भतेर लगायतका क्रियाकलाप गर्न नपाइने ।
  • विवाह ब्रतवन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल पार्टी प्यालेजमा गराृउन नपाइने ।
  • पुजारीबाट हुने नृत्य पूजा बाहेकका अन्या धार्मिक तथा साँस्कृतिक गतिविकिहरु सञ्चालन गर्न नपाउने ।
  • शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने ।
  • स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने ।

सञ्चालन गर्न पाउने गतिविधिहरु
व्यवसायको हकमा

  • औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा संचालन गर्ने ।
  • औषधी पसल बाहेक अन्य व्यवसायहरु साँझ ६ : ०० बजेसम्म सञ्चालन गर्न पाइने ।
  • अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेष्टुरेण्ट एव फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनकाृ लागि
  • काठमाडौँ उपत्यका भित्र साँझ ७ः०० बजेसम्म सञ्चालन गर्ने ।

सवारी साधन सञ्चालनको हकमा

  • काठमाडौँ उपत्यका भित्र सञ्चालन हुने सवारी साधनले स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने ।
  • यात्रु र सवारी चालक, सहचालकले अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नुपर्ने ।
  • सफा टेम्पो तथा निलो माइक्रोले बुँदा ३ (क) लगायत देहायका मापदण्ड पालना गरी सञ्चालन गर्ने ।
    उपत्यका भित्र सञ्चालन हुने निजी सवारी साधनको हकमा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सञ्चालन गनए पाइने ।

यस्तो छ आदेश

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ८ : २६ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले