उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद « Khabarhub

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित मच्छरसँग टेलिफोन संवाद गरेका छन् ।

यूएईबाट इजरेलका लागि उडेको विमानभित्र सहकर्मीले चक्कु प्रहार गरेपछि घाइते भइ अस्पतालको शय्यामा रहेका विमान चालक स्मितलाई फोन गर्दै मोदीले उनको साहस र सुझबुझको प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री मोदीले देशभर क्याप्टेन स्मितको शीघ्र स्वास्थ्यलाभ र दीर्घायुको कामना भइरहेको बताए । गम्भीर चोट लागेको अवस्थामा समेत यात्रुको ज्यान जोगाउन उनले गरेको निर्णयप्रति पूरै देश गर्वित रहेको मोदीले टेलिफोनमा बताएका छन्।

मोदीले भनेका छन्, ‘पूरै देश तपाईंको स्वास्थ्यलाभका लागि प्रार्थना गरिरहेको छ। ठाउँ–ठाउँमा महामृत्युञ्जय मन्त्रको जाप भइरहेको छ। तपाईंको साहस, धैर्य र सूझबुझले धेरै मानिसको ज्यान जोगिएको छ। तपाईंले भारतीयहरू ज्यान बचाउने मानिस हुन् भन्ने देखाउनुभएको छ।’

मोदीले स्मितको साहसिक कदमले १४० करोड भारतीयको गौरव बढाएको बताएका छन् । उक्त विमानमा १७० जनाभन्दा बढी मानिस सवार थिए।

मोदीसँगको संवादमा क्याप्टेन स्मितले आफूलाई धेरै चोट लागेको भए पनि विमानभित्रको अवस्था बिग्रिँदै गएको महसुस भएपछि उठेर आवश्यक कदम चाल्नुपर्ने लागेको बताएका थिए ।

संवादका क्रममा निकै भावुक देखिएका स्मितले विमानमा सवार मानिसहरूलाई मृत्युवरण गर्न दिन आफूले नसकेकाले प्रतिकार गरेको बताए । क्याप्टेन स्मितका अनुसार उनले अन्तिम प्रयास गर्दै ककपिटको ढोका खोलेपछि अन्य व्यक्तिहरू पनि त्यहाँ प्रवेश गर्न सकेका थिए । यो प्रयासमा अन्य व्यक्तिहरूको समेत महत्वपूर्ण भूमिका रहेको उनले बताए।

‘म १७ वर्षदेखि विमान उडाउँदै आएको छु र पछिल्ला ११ वर्षदेखि क्याप्टेन छु। विमानभित्र के भइरहेको छ भन्ने मलाई राम्रोसँग थाहा हुन्छ। म तल लडिरहेको अवस्थामा पनि परिस्थिति बिग्रिँदै गएको महसुस भइरहेको थियो,’ उनले भने।

दुबईबाट उडेको उक्त विमान साउदी अरबमा सुरक्षित रूपमा अवतरण भएको थियो । विमानमा सवार सबै यात्रु सकुशल भएको बताइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ७ : ४४ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल