काठमाडौँ- कोराना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई आजबाट दोस्रो डोज लगाइने भएको छ ।
पहिलो मात्रा लगाएका तीन लाख ७० हजार भन्दा बढी नागरिकलाई दोस्रो मात्रा खोप लगाइने तय भएको स्वास्थ्य सेवा विभागले जानकारी दिएको हो ।
खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ। खोप अभियान देशभर सञ्चालन हुने छ।
सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो।
काठमाडौं स्वास्थ्य कार्यालयले जिल्लाका खोप केन्द्रको सूची समेत सार्वजनिक गरेको छ। स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ।
खोप केन्द्रको सूची
प्रतिक्रिया