नेप्से ५ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट « Khabarhub

नेप्से ५ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  साताको तेस्रो कारोबार दिन नेप्से सूचकसंगै कारोबार रकममा गिरावट आएको छ। आज नेप्से परिसूचक ५ दशमलव २४ अंकले घटेर २ हजार ८१८ दशमलव ११ को विन्दुमा कायम भएको छ ।

आज बैंकिङ, निर्जीवन बीमा समूह, उत्पादनमूलक, माइक्रोफाइनान्स कम्पनी र जीवन बीमा समूह उपसूचक बढेका छन् ।

दिनभर २२० वटा कम्पनीको १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ३५ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपर तामाकोशीको २० करोड ५२ लाख, नेपाल बैंकको १३ करोड ६५ लाख, निफ्राको १२ करोड ३७ लाख र नेशनल हाइड्रोपावर कम्पनीको १० करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै माउन्टेन इनर्जी कम्पनीका लगानीकर्ताले ५ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् ।

हाइड्रो इलेक्ट्रिसिटिका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ५ : ३८ बजे

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र