नेप्से ५ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट « Khabarhub

नेप्से ५ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  साताको तेस्रो कारोबार दिन नेप्से सूचकसंगै कारोबार रकममा गिरावट आएको छ। आज नेप्से परिसूचक ५ दशमलव २४ अंकले घटेर २ हजार ८१८ दशमलव ११ को विन्दुमा कायम भएको छ ।

आज बैंकिङ, निर्जीवन बीमा समूह, उत्पादनमूलक, माइक्रोफाइनान्स कम्पनी र जीवन बीमा समूह उपसूचक बढेका छन् ।

दिनभर २२० वटा कम्पनीको १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ३५ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपर तामाकोशीको २० करोड ५२ लाख, नेपाल बैंकको १३ करोड ६५ लाख, निफ्राको १२ करोड ३७ लाख र नेशनल हाइड्रोपावर कम्पनीको १० करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै माउन्टेन इनर्जी कम्पनीका लगानीकर्ताले ५ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् ।

हाइड्रो इलेक्ट्रिसिटिका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ५ : ३८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै