एमाले कार्यदलमा सहमतिका लागि विभिन्न विकल्पमा छलफल, बैठक भोलि पनि « Khabarhub

एमाले कार्यदलमा सहमतिका लागि विभिन्न विकल्पमा छलफल, बैठक भोलि पनि


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलको आज भएको बैठक सहमति नजुटाई सकिएको छ ।

सिंहदरबारमा भएको बैठकमा सहमतिका लागि विभिन्न विकल्पमा छलफल भएको नेताहरूले बताएका छन् ।

बैठकमा सहमतिका लागि अघि सारिएका विभिन्न विकल्पमाथि छलफल भएको र छलफल सकारात्मक भएको नेताहरूको भनाइ छ ।

बैठकपछि कार्यदल सदस्य गोकर्ण बिष्टले विवाद समाधनका लागि विभिन्न विकल्पमाथि छलफल भएको तर कुनै सहमति नभएको जानकारी दिए । उनले विभिन्न कोणबाट विमति भएका विषयमा छलफल भएको बताए । सहमति हुनेगरी बुधबार पुन: बैठक हुने बिष्टले बताए ।

कार्यदल सदस्य भीम रावलले विभिन्न समयमा एमालेभित्र भएका घटनाका विषयमा छलफल भएको जानकारी दिए । एमाले भित्र देखिएका समस्या समाधानका लागि पनि छलफल भएको उनको भनाइ छ । बुधबार पनि बैठक बसेर समस्या समाधानका लागि आएका धारणाहरुका आधारमा अघि बढ्ने उनले बताए ।

सोमबार पनि कार्यदलबीच छलफल भएको थियो । पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली पक्षबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट ५ गरी १० सदस्यीय कार्यदल बनाइएको थियो ।

कार्यदलमा ओली पक्षबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन् ।

नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ५ : ५० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना