कतार भिसा सेन्टर खारेज नभए आन्दोलनमा उत्रिने वैदेशिक रोजगार व्यवसायीको चेतावनी « Khabarhub

कतार भिसा सेन्टर खारेज नभए आन्दोलनमा उत्रिने वैदेशिक रोजगार व्यवसायीको चेतावनी


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर (क्यूभिसी) खडा गरी एकाधिकार लागू गर्न खोजेको भन्दै आन्दोलनको चेतावनी दिएको छ ।

कतारमा कामदार पठाउनका लागि पहिले नेपाल सरकारबाट मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम स्वीकृतिलगायत प्रक्रिया पूरा गरी कामदार पठाउने गरिएकोमा एकाधिकारका लागि उक्त व्यापारिक संस्था खडा गरिएको भन्दै संघले आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले सिमित व्यक्तिहरुको अघोषित मिलेमतोमा व्यापक आर्थिक चलखेल भएको र सिन्डिकेट गर्न लागिएकोले कडा कदम चाल्न बाध्य हुनुपरेको जनाएको छ । यसविरुद्ध युवा कामदार र व्यवसायीसहित चरणबद्ध रुपमा आन्दोलनमा उत्रने संघले चेतावनी दिएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवहाक अध्यक्ष कमल तामाङले नेपाली कामदारहरू चरणबद्ध आन्दोलनमा उत्रिन तयार रहेको बताए । कतार भिसा सेन्टर (क्यूभिसी) को आवश्यकता र क्रियाकलापबारे पनि छानबिन हुनुपर्ने अध्यक्ष तामाङले माग राखे ।

पत्रकार सम्मेलनमा संघका द्वितिय उपाध्यक्ष कमल देव मल्लले विदेशबाट पठाएको रेमिट्यान्स प्यारो हुने तर वैदेशिक व्यवसायी र युवालाई अपमान गर्न नहुने बताए । लोकतान्त्रिक एसोसिएशनका अध्यक्ष नरेन्द्र ढकालले क्यूभिसीको कारण व्यवसाय अस्तव्यस्त भएको बताए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : ०१ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा