चिनियाँ राष्ट्रपतिको नेतृत्वमा विश्वका नेताहरूको भर्चुअल बैठक, प्रधानमन्त्री ओली पनि सहभागी « Khabarhub

चिनियाँ राष्ट्रपतिको नेतृत्वमा विश्वका नेताहरूको भर्चुअल बैठक, प्रधानमन्त्री ओली पनि सहभागी


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ राष्ट्रपति सी चीनफिङको नेतृत्वमा भएको भर्चुअल कार्यक्रम शुरू भएको छ ।

उक्त कार्यक्रममा नेपालबाट एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू सहभागी भएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको विश्वका राजनीतिक पार्टीहरूको सम्मेलनमा नेपालका नेताहरू समेत सहभागी भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताहरुले भर्चुअलमाध्यमबाट छलफल गर्ने छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा उक्त छलफल आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले कोभिड–१९ महामारी, जलवायु परिवर्तन र आतंकवादजस्ता मानवताविरोधी मुद्दामा सबै मुलुक मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

उनले जनताको आवाज सुनेर अघि बढ्न विश्व नेताहरुलाई आग्रह गरे । विकास नै विश्वका विभिन्न मुलुकको अधिकार भएको बताउँदै उनले निश्पक्षता, प्रभावकारिता र तालमेलसहित विकासमा केन्द्रित हुनुपर्ने उनले बताए ।

चीनले १५ औं जैविक विविधता सम्मेलन गर्न लागेको जानकारी दिँदै चिनियाँ राष्ट्रपति जिनपिङले सहभागिताका लागि सबै मुलुकलाई आह्वान गरे ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ७ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै