मकै, भटमास र गुन्द्रुकको परिकार बनाउने तरिका « Khabarhub

मकै, भटमास र गुन्द्रुकको परिकार बनाउने तरिका


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मकै भटमास र गुन्द्रुक नेपालको राष्ट्रिय खाजा भनिन्छ ।

मकै भटमास हरियो मुलाको पातसँग पनि खाने गरिन्छ । यो ज्यादै पौष्टिक र मोटोपनलाई कन्ट्रोल गर्ने हल्का खाजा हो । यसले पेट सफा राख्छ र दिमागलाई समेत फ्रेस गराउँछ ।

आवश्यक सामग्री (चार जनाको लागि) :
तोरीको गुन्द्रुक — १०० ग्राम
नुन — स्वाद अनुसार
रातो खुर्सानी — ४ वटा तेलमा भुटेको
बेसार — २ चिम्टी
सुकेको लसुन — ६ केस्रा
शुद्धो तोरीको तेल — १५ ग्राम
भटमास — २०० ग्राम
मकै — २५० ग्राम
बनाउने तरिका :
-गुन्द्रुक सफा गरी पानी निचोरेर बाटामा राख्ने । नुन, खुर्सानी, लसुन, धनियाको पेष्ट बनाउने । गुन्द्रुक पनि सिलौटामा पिँध्ने, यसले गर्दा स्वाद बाँड्दछ ।
-सबै सामग्री बाटामा राख्ने । तेल राम्ररी मोलेपछि गुन्द्रुक तयार हुन्छ । यसलाई छोपेर राख्ने ।
– चुल्होमा माटोको हाँडी बसाली मकैको सानो घान राखेर भुट्ने, यसो गर्दा राम्ररी पाक्नुको साथै फूल उठ्दछ । भटमास पनि त्यसै गरी भुट्ने थालमा मकै भटमास र गुन्द्रुक राखेर सर्भ गर्ने ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ६ : ५४ बजे

आजका समाचार : प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत, फेरि समातिए दुर्गा प्रसाईं, पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति र कच्चा तेलको भाउ बढ्यो

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायोविपक्षी दलका

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना फेरि सञ्चालन

लमजुङ– मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि

यी हुन् सबैभन्दा धेरैपल्ट पक्राउ परेका व्यक्ति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नु सामान्यजस्तै भइसकेको छ

प्रतिनिधिसभा : स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन)

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ