गर्मीमा के खाने ? « Khabarhub

गर्मीमा के खाने ?


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्षायाममा हुने अत्यधिक गर्मीले मानिसलाई खानपानमा खासै रुची हुदैँन । अझ गर्मी मौसममा शरीरबाट धेरै पसिना निस्किएसँगै शरीरमा पानीको मात्रा कम हुन्छ र जलवियोजनको खतरा हुन सक्छ । त्यसैले गर्मीमा खानपिनमा निकै विचार पुर्‍याउनुपर्छ । पानीको मात्रा अत्यधिक भएका चिज खानुपर्छ । गर्मी मौसममा कस्ता खानेकुरा खाने त ?

क) दही : शरीरमा पानीको अभावले हुने ‘डिहाइड्रेसन’बाट बच्न यो मौसममा सबैभन्दा राम्रो खानाको विकल्प हो, दही । दहीमा ८५ प्रतिशत पानी हुन्छ । साथै प्रोटिन, भिटामिन बी र क्याल्सियम पनि प्राप्त गर्न सकिन्छ ।

ख) साग र सलाद : साग र सलादमा पानीको मात्रा ९५ प्रतिशतसम्म हुन्छ । यसमा बोसो पनि हुँदैन र प्रोटिन धेरै पाइन्छ । गर्मीमा साग र सलादमा बढी नै जोड गर्दा राम्रो हुन्छ ।

ग) भात : गर्मीमा शरीरलाई आवश्यक पानीको मात्रा भातले पूर्ति गर्न सक्छ । भातमा ७० प्रतिशत पानी हुन्छ । चामल पाइने आइरन र कार्बोहाइड्रेडले शरीरलाई तागत पनि दिन्छ ।

घ) स्याउ : स्याउमा ८६ प्रतिशतसम्म पानीको मात्रा हुन्छ । स्याउमा फाइबर पनि प्रशस्त पाइन्छ । स्याउ भिटामिन ‘सी’को राम्रो पनि हो । गर्मीमा स्याउ सेवनले निकै फाइदा गर्छ ।

ङ) ब्रोकाउली : पानीको मात्रा बढी हुने तरकारीमा ब्रोकाउली पनि पर्दछ । गर्मीमा हुने विभिन्न प्रकारका एलर्जीबाट बचाउन यसको सेवन लाभदायी हुन्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ६ : १४ बजे

लुम्बिनी प्रदेश : चार दिनमा ७८ विपद्का घटना

दाङ – लुम्बिनी प्रदेशमा यही असोज ८ देखि ११ गतेसम्म

वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत

आजका समाचार : प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत, फेरि समातिए दुर्गा प्रसाईं, पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति र कच्चा तेलको भाउ बढ्यो

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायोविपक्षी दलका

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना फेरि सञ्चालन

लमजुङ– मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि