नेपाली सामानमा निर्भरता, हाम्रो प्रतिबद्धता | Khabarhub Khabarhub

नेपाली सामानमा निर्भरता, हाम्रो प्रतिबद्धता


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालसँगै विश्वभरि छरिएर रहेका नेपाली वस्तु तथा सेवाका क्रेता, बिक्रेता र उपभोक्तालाई जोड्ने र नेपालमा उत्पादन भएका हरेक वस्तुसँगै सेवालाई एउटै स्थानमा सन् २०२२ को अन्त्य सम्ममा सूचीकृत गर्ने अभियानका साथ ‘एक्सपोर्ट फ्रम नेपाल’ शुरू भएको छ । यो एउटा निजी कम्पनी हो ।

करिब दुई वर्षअघिको परिकल्पना र एक वर्षअघि भएको स्थापनाले यो कम्पनीले नेपालभित्र मात्र नभएर विश्वभरि नै आफ्नो महत्वपूर्ण छाप पार्न सफल हुँदै आएको छ । ‘एक्सपोर्ट फ्रम नेपाल’ अन्तर्गत नेपाली अर्थतन्त्र उकास्न योगदान पुर्‍याउने हेतुले ‘एक्सपोर्ट फ्रम नेपाल डटकम’ र ‘हाम्रो सम्मान डटकम’ दुई ई–कमर्श मार्केटप्लेस छन् । यी दुवैले आफ्नो प्रभाव देखाउन थालेका छन् ।

नेपालभित्र वा विदेशमा रहेर नेपाली सामान तथा सेवाको व्यवसायमा आबद्ध नेपाली सामानको आयातकर्ता, थोक तथा खुद्रा क्रेता र उपभोक्ता नेपाली वा गैरनेपालीहरूले यी दुवै ई–कमर्स मार्केटप्लेसहरू मार्फत सामान किन्न सक्नुहुन्छ ।

विश्व बैंक नेपालको रिपोर्टलाई आधार मान्ने हो भने नेपाललले वार्षिक २ लाख २० हजार मात्र नयाँ रोजगारी सिर्जना गर्ने गरेको छ । हामी नेपाली अझै पनि विदेशी सामान आयात गर्ने र नेपालको दक्ष जनशक्ति निर्यात गर्ने काममा छौँ । यसमा होडबाजी नै चल्ने गरेको छ ।

नेपालको कुल जनसंख्याको ४० प्रतिशत हिस्सा युवा जनशक्तिको छ । यसमध्ये आधा संख्यामा युवाहरू रोजगारीका लागि विदेशी भूमिमा होमिएका छन् । यो स्थिति यो हाम्रोजस्तो सानो र अविकसित राष्ट्रको लागि ठूलो विडम्बना हो ।

त्यस्तै विश्व बैंक, नेपाल कार्यालयको रिपोर्ट अनुसार नेपालले २०१९/२० को आर्थिक वर्षमा मात्र ९ दशमलव ३९ विलियन अमेरिकी डलर बराबरको व्यापारघाटा बेहोर्नु पर्‍यो । हामी आयातमाथि धेरै निर्भर हुनु र निर्यातमा फड्को मार्न नसक्नु नै ठूलो व्यापार घाटाको मुख्य कारण हो ।

हामी नेपालीहरू यही तितो सत्यलाई आत्मसात गर्दै सुधारका लागि अघि बढ्नु छ । ओह्रालो लाग्दै गरेको वैदेशिक व्यापारको स्थिति सुधार गर्न र नेपाली भूमिमा उद्यमशील जनशक्तिलाई उचित अवसर दिन आवश्यक छ । यही आवश्यकतामा केही योगदान गर्ने उद्देश्यले नेपालमा उत्पादन हुने हरेक वस्तु तथा सेवाका लागि एउटा उचित प्ल्याटफर्म दिने अभियानमा शुरू गरिएको हो ।

जब हामीले नेपाली वस्तु तथा सेवाको उपभोग गर्न थाल्छौँ र नेपालका हरेक कुना कन्दरादेखि विश्वभरि घरघरमा विस्तार गर्दै किनबेच गर्न थाल्छौँ, आयातभन्दा धेरै निर्यात गर्न थाल्छौँ तबमात्र नेपाली जनशक्तिको विकास हुन थाल्छ, नेपालमै उत्पादन हुने वस्तु तथा सेवाको उत्पादन खर्चमा पनि कमी आउन थाल्छ । विश्व बजारमा नेपाली उत्पादनको मागसँग प्रतिस्पर्धा गर्न हामी सक्षम हुन्छौँ ।

नेपालमा उत्पादित हरेक सामानको आफ्नो एउटा पृथक कथा छ । नेपालमा रहेका उद्यमीको आआफ्नो छुट्टै भोगाइ अनि सिकाइ पनि छ । त्यही हरेक कथा, हरेक भागाइ र हरेक सिकाइको उचि मूल्याङ्कन र कदर गर्दै उहाँहरूलाई उचित प्ल्याटफर्म दिने उद्देश्यले अघि बढ्दैछन् यी दुई ई–कमर्स मार्केटप्लेसहरू ।

एक वर्षको अन्तरालमा दई वटा प्ल्याटफर्ममा चार सयभन्दा बढी बिक्रेताहरू आबद्ध भइसक्नुभएको छ, हजारौँ प्रोडक्टहरू सूचीकृत छन् ।
‘एक्सपोर्ट फ्रम नेपाल डटकम’ र ‘हाम्रो सम्मान डटकम’ मा के फरक छ त ?

‘एक्सपोर्ट फ्रम नेपाल डटकम’ नेपालमा बनेका नेपाली वस्तु तथा सेवालाई विश्वमा चिनाउने अभियानमा छ । ‘हाम्रो सम्मान डटकम’ ले नेपालभित्र उत्पादित नेपाली वस्तु तथा सेवा प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।

नेपाल अधिकांश वस्तु तथा सेवामा आयातमाथि निर्भर रहँदै आएको छ । यसकारणले हामीले अझै पनि धरै ठूलो ब्यापारघाटा बेहोर्दै आएका छौँ । घाटा कम गर्दै समृद्ध नेपालको सपना देख्ने हामी हरेक नेपाली कर्मशील बन्न आवश्यक छ ।

नेपालमा रहनुभएका नेपाली सामान उत्पादन कर्ता, आपूर्तिकर्ता र निर्यातकर्ताहरू ‘एक्सपोर्ट फ्रम नेपाल डटकम’ मा राष्ट्रिय बिक्रेता बन्न सक्नुहुन्छ । नेपाल बाहिर रहनुभएका नेपाली सामानको थोक तथा खुद्रा बिक्रेता र व्यवसायीहरू अन्तर्राष्ट्रिय बिक्रेता बन्न सक्नु हुनेछ ।

नेपाली सामानका उत्पादन कर्ता, आपूर्तिकर्ता, नेपाली वस्तु तथा सेवामा संलग्न व्यवसायीहरू ‘हाम्रो सम्मान डटकम’ मा बिक्रेता बन्न सक्नुहुन्छ ।

नेपालभित्र वा विदेशमा रहेर नेपाली सामान तथा सेवाको व्यवसायमा आबद्ध नेपाली सामानको आयातकर्ता, थोक तथा खुद्रा क्रेता र उपभोक्ता नेपाली वा गैरनेपालीहरूले यी दुवै ई–कमर्स मार्केटप्लेसहरू मार्फत सामान किन्न सक्नुहुन्छ ।

एक्स्पोर्ट फ्रम नेपालका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राज सर्राफका अनुसार सबै किसिमका नेपाली उत्पादन, ठाउँ विशेषका प्रख्यात उत्पादन सबैलाई सूचीकृत गर्ने कम्पनीको उद्देश्य रहेको छ । कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राज सर्राफ सोह्र वर्षदेखि अमेरिकामामा रहनुभएको छ र नेपालमा पनि आफ्नो टिम परिचालन गर्नुभएको छ ।

उक्त दुई वटा ई–कमर्स मार्केटप्लेसहरूले आफ्नो सामाजिक दायित्व पनि लिएका छन् । यसअन्तर्गत नेपाल र नेपालीहरूको विकासका निम्ति नेपालभित्र वा बाहिर रहेर काम गर्दै आएका सरकारी वा गैरसरकारी गैरनाफामुखी संघसंस्थाहरूसँग सहकार्य गर्दै अघि बढ्नेछ ।

नेपाल अधिकांश वस्तु तथा सेवामा आयातमाथि निर्भर रहँदै आएको छ । यसकारणले हामीले अझै पनि धरै ठूलो ब्यापारघाटा बेहोर्दै आएका छौँ । घाटा कम गर्दै समृद्ध नेपालको सपना देख्ने हामी हरेक नेपाली कर्मशील बन्न आवश्यक छ । यही अभिप्रायले उक्त दुई ई–कमर्स मार्केटप्लेस खडा भएका छन् र सोहीअनुसार अघि बढ्दैछन् ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १० : ३५ बजे

बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति गरिँदै

म्याग्दी– बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न धमाधम

बागलुङको बुर्तिवाङमा ५० शय्याको अस्पताल सञ्चालनमा

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालन

कालीकोटमा भूकम्पको धक्का

काठमाडौं– कालीकोटको ओडानकु केन्द्रविन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प

‘राजनीतिक प्रक्रियाबाट नियुक्त भए पनि न्यायाधीशले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ’

विराटनगर– सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले राजनीतिक प्रक्रियाबाट न्यायाधीश

निर्वाचन परिणाम घोषणा गर्न क्रान्तिकारी विद्यार्थीको माग

काठमाडौं– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उमेर