बागलुङमा सक्रिय संक्रमित ५०० | Khabarhub Khabarhub

बागलुङमा सक्रिय संक्रमित ५००


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ–कोरोना संक्रमितको संख्या पुनः उकालो लागेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो आँकडाअनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या ५८० पुगेको छ ।

कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले पछिल्लोपटक एकैसाथ ८० नयाँ संक्रमित फेला परेको जानकारी दिए । ‘आज निको हुने थपिएपछि सक्रिय संक्रमितको संंख्या केही घट्न पनि सक्छ’, उनले भने ।

पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गएको देखिन्छ । बुधबार सक्रिय संक्रमितको संख्या ४९७ पुगेकामा अहिले बढेर ५८० पुगिसकेको छ । गत असार तेस्रो साता जिल्लाभर सक्रिय संक्रमितको सङ्ख्या घटेर २५४ मा पुगेको थियो ।

यसपछि भने संक्रमितको संख्या लगातार बढेको छ । यसरी केही समय थामिएजस्तो देखिएको संक्रमण दर फेरि उकालो लागेको हो । जिल्लामा गरिएको कूल पिसिआर परीक्षणमध्ये संक्रमण दर २७.४ प्रतिशत छ जबकि नेपालको संक्रमण दर १९.०३ प्रतिशत मात्र छ ।

देशभरको तुलनामा निको हुने दर पनि यहाँ कम छ । नेपालमा निको हुने दर ९४ प्रतिशत छ भने बागलुङमा ९१ प्रतिशत । देशभर मृत्युदर १.०५ हुँदा यहाँ भने त्यो भन्दा कम ०.९९ प्रतिशत छ । कोरोनाका जिल्लामा हालसम्म ६३ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला बाहिर पनि मृत्युवरण गर्नेको सङ्ख्या हेर्दा भने सयभन्दा बढी पुगेको स्रोत व्यक्ति घिमिरले बताउनुभयो । संक्रमणसँगै मृत्युका घटना पनि बढ्न थालेका छन् । निषेधाज्ञा खुकुलो पारिएसँगै संक्रमणको जोखिम पनि उत्तिकै बढेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरलले बताए ।

हरेक व्यक्ति स्वयं सतर्क र जिम्मेवार नभएसम्म संक्रमण रोकथाम गर्न नसकिने उहाँको भनाइ छ । होम आइसोलेशनमा रहेका संक्रमितलाई आफ्नो स्वास्थ्य स्थितिबारे विशेषरुपमा चनाखो बन्न चिकित्सकले सुझाएका छन् ।

संक्रमणले च्याप्दै लगेर अन्तिम अवस्थामा अस्पताल आउँदा कोरोनाको उपचार प्रभावकारी नहुने चिकित्सक बताउँछन् । पहिलो र दोस्रो लहरमा गरी यहाँका २२ हजार जनामा कोरोना परीक्षण गर्दा ६३०० बढी व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ । कोरोना नियन्त्रणका लागि खोप अभियान पनि चलिरहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १२ : १० बजे

उपसभामुख राना चीन प्रस्थान

काठमाडौं– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जापान र अमेरिकाले गरे ठुलो व्यापारिक सम्झौता

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग ठुलो व्यापारिक सम्झौता

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (बुधबार) बस्दैछ ।

चौथो टेस्टमा बुमराह खेल्ने : कम्बोजको डेब्यु सम्भावना

काठमाडौं – भारतले बुधबार सुरु हुने इंग्ल्यान्डविरुद्धको चौथो टेस्टमा जसप्रित