अपहरण मुद्दामा फरार एक जना झापाबाट पक्राउ « Khabarhub

अपहरण मुद्दामा फरार एक जना झापाबाट पक्राउ


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अपहरण तथा शरीर बन्धक र जबरजस्ती चोरी मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–९ का ३४ वर्षीय अर्जुन थेबे भनिने अर्जुन पेहिम लिम्बु छन् ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार उनलाई जिल्ला अदालत झापाले २०७३ माघ ५ गते मानव अपहरण र चोरी मुद्दामा ९ वर्ष एक महिना १५ दिन कैद र नगद सजाय तोकेको थियो । अहिले उनलाई कारागार चलान गरिएको डिएसपी थापाले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १ : १० बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका