सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन राष्ट्रियसभा सदस्यको माग « Khabarhub

सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन राष्ट्रियसभा सदस्यको माग


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना सङ्क्रमणको जोखिममा परेका नागरिकलाई प्राथमिकताका आधारमा खोप दिने व्यवस्था गर्न राष्ट्रियसभाका सदस्यहरुले माग गरेका छन् ।

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा उनीहरुले तेस्रो लहरको कोरोनाको उपचारका लागि स्वास्थ्य संस्थामा तयारी गर्ने व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसद तारादेवी भट्टले राष्ट्रिय गौरवका आयोनामा काम गर्ने श्रमिकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था गर्न माग गरिन् । कूल बजेटको सात प्रतिशतभन्दा बढी स्वास्थ्य क्षेत्रमा छुट्याइएको उल्लेख गर्नुहुँदै उनले कार्यान्वयन हुने वातावरण बनाउन माग गरिन् ।

सांसद पर्शुराम मेघी गुरुङले कार्यसम्पादन मूल्याङ्कनमा कुनै कर्मचारी फेल नभएको उल्लेख गर्दै सेवा प्रवाह चुस्त हुन नसकेको बताए ।

उनले विसं २१०० सम्म मुलुकलाई समृद्ध देशका रुपमा अघि बढाउने १५ औँ योजनाको लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिए । सांसद रामनारायण विडारीले संसद् विघटन गरेर अध्यादेशमार्फत संसदीय सुनुवाइ नगरी संवैधानिक निकायका पदाधिकारी नियुक्त गरिएको, त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको अवस्थामा सुरुवाईको अवस्थाका बारेमा जानकारी माग गरेका थिए ।

सांसद कोमल वलीले केपी ओली नेतृत्वको पूर्वसरकारले ढाल्ने दलले जनताले चाहेअनुरुपका कार्यक्रम दिन नसकेको बताइन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्कील ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ पेश गरे ।

त्यस्तै यस्तै प्रधानमन्त्री देउवाका तर्फबाटै मन्त्री कार्कीले ‘निर्वाचन आयोग, नेपालको वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभामा पेश गरे ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोक सेवा आयोग विधेयक, २०७५’ सभा समक्ष टेबुल गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही साउन २४ गते आइतबार अपराह्न १ बजे बोलाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ४ : ३५ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले