टोकियो ओलम्पिक : मेक्सिकोलाई पुरुष फुटबलमा काश्य पदक « Khabarhub

टोकियो ओलम्पिक : मेक्सिकोलाई पुरुष फुटबलमा काश्य पदक


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको काश्य पदक मेक्सिकोले जितेको छ ।

शुक्रबार भएको खेलमा आयोजक जापानलाई ३–१ गोल अन्तरमा पराजित गर्दै मेक्सिकोले काश्य पदक जितेको हो । स्वर्ण पदकका लागि शनिबार ब्राजिल र स्पेनबीच खेल हुनेछ ।

खेलको १३ औं मिनेटमा फ्रान्सिस्को कोर्डोभाले पेनाल्टी मार्फत मेक्सिकोलाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा जोहन भास्क्वेजले गोल गरेपछि मेक्सिको पहिलो हाफमा नै २–० को अग्रता बनाउन सफल भयो ।

५८ औं मिनेटमा एमेस्तो भेगाले गोल गर्दै मेक्सिकोलाई ३–० को अवस्थामा पु¥याए । ७८ औं मिनेटमा काओरु मितोमाले जापानका लागि सान्त्वना गोल फर्काएका थिए । सो पछि गोल हुन सकेन र आयोजक जापान पुरुष फुटबलमा पदकबिहीन बन्न पुग्यो ।

महिला फुटबलको स्वर्ण पदकका लागि शुक्रबार साँझ स्विडेन र क्यानाडाबीच प्रतिस्पर्धा हुनेछ । महिला फुटबल तर्फको काश्य पदक भने अष्ट्रेलियालाई ४–३ गोल अन्तरमा पराजित गर्दै अमेरिकाले जितेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ५ : १० बजे

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै

बालेन्द्र क्याबिनेटको निर्णयसँगै पक्राउ पर्न सक्छन् ओली र लेखक

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती र

महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

काठमाडौं– महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिएकी

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको पहिलो निर्णय

काठमाडौं– सरकारले जेन-जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन