टोकियो ओलम्पिक : मेक्सिकोलाई पुरुष फुटबलमा काश्य पदक « Khabarhub

टोकियो ओलम्पिक : मेक्सिकोलाई पुरुष फुटबलमा काश्य पदक


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको काश्य पदक मेक्सिकोले जितेको छ ।

शुक्रबार भएको खेलमा आयोजक जापानलाई ३–१ गोल अन्तरमा पराजित गर्दै मेक्सिकोले काश्य पदक जितेको हो । स्वर्ण पदकका लागि शनिबार ब्राजिल र स्पेनबीच खेल हुनेछ ।

खेलको १३ औं मिनेटमा फ्रान्सिस्को कोर्डोभाले पेनाल्टी मार्फत मेक्सिकोलाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा जोहन भास्क्वेजले गोल गरेपछि मेक्सिको पहिलो हाफमा नै २–० को अग्रता बनाउन सफल भयो ।

५८ औं मिनेटमा एमेस्तो भेगाले गोल गर्दै मेक्सिकोलाई ३–० को अवस्थामा पु¥याए । ७८ औं मिनेटमा काओरु मितोमाले जापानका लागि सान्त्वना गोल फर्काएका थिए । सो पछि गोल हुन सकेन र आयोजक जापान पुरुष फुटबलमा पदकबिहीन बन्न पुग्यो ।

महिला फुटबलको स्वर्ण पदकका लागि शुक्रबार साँझ स्विडेन र क्यानाडाबीच प्रतिस्पर्धा हुनेछ । महिला फुटबल तर्फको काश्य पदक भने अष्ट्रेलियालाई ४–३ गोल अन्तरमा पराजित गर्दै अमेरिकाले जितेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ५ : १० बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई