पाकिस्तानको हिन्दू मन्दिरमा भएको तोडफोडप्रति सनातन धर्म महासंघद्वारा आपत्ति « Khabarhub

पाकिस्तानको हिन्दू मन्दिरमा भएको तोडफोडप्रति सनातन धर्म महासंघद्वारा आपत्ति


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको पञ्जाब प्रान्तस्थित भोङ बजारमा रहेको गणेश मन्दिरमा बिहीबार भएको तोडफोड प्रति सनातन धर्म महासंघ नेपालले भर्त्सना गरेको छ ।

कुनै पनि धर्मावलम्बीले शान्तिपूर्ण तरिकाले आफ्नो धर्म संस्कृतिको अवलम्बन गर्न पाउने अन्तरराष्ट्रिय मान्यताको सम्मान गर्न पाकिस्तान सरकारलाई महासङ्घले आग्रह गरेको छ ।

गणेश मन्दिरमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही गर्न महासङ्घले जोडदार माग गरेको प्रवक्ता राजन अधिकारीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै पाकिस्तानमा भइरहेको जबरजस्ती धार्मिक आस्था परिवर्तनविरुद्ध कानून बनाई तत्काल लागू गर्न माग गरिएको उनले बताए ।

पाकिस्तानमा पटकपटक अल्पसङ्ख्यक समुदायमाथि आक्रमण भइरहेको हुँदा आउँदा दिनमा यस किसिमका घटना दोहोरिन नदिन, अल्पसङ्ख्यक समुदायलाई संरक्षण गर्न र आफ्नो धार्मिक आस्था प्रकट गर्न सकिने वातावरण बनाउन पाकिस्तान सरकारसँग महासङ्घले माग गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ९ : १४ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता