प्रेमिकालाई आकर्षित गर्न दिएको टिप्स फिर्ता लिएपछि… « Khabarhub

प्रेमिकालाई आकर्षित गर्न दिएको टिप्स फिर्ता लिएपछि…


२१ भदौ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेमिकालाई प्रभावित पार्न (इम्प्रेस) एक प्रेमीले के के गर्लान् । कसैले उपहार देलान् कसैले हिम्मतिलो काम गरेर देखाउलान् वा कसैले कुनै प्रतिभा देखाउलान् । तर एक युवकले भने यी सबै हदभन्दा माथि उठेर एक काम गरे जसले सबैलाई चकित पार्‍यो ।

एक प्रेमिले डेट लगेकी आफ्नी प्रेमिका इम्प्रेस गर्न वेट्रेसलाई राम्रो टिप्स दिए । तर त्यसपछिको उनको हर्कत भने निकै रोचक छ । अमेरिकाको एक होटलमा आफुमाथि भएको घटना शेयर गर्दै वेट्रेसले यस बिषयको जानकारी दिएकी थिइन् ।

खासमा ती वेट्रेस कार्यरत होटलमा आएका एक व्यक्तिले डेटमा आएकी प्रेमिकालाई इम्प्रेस गर्न कैयौं चीज अर्डर गरे । उनले त्यहाँ बसुन्जेल अन्धाधुन्ध खर्च गरे । उनको खर्चको अनुमान यसरी पनि लगाउन सकिन्छ की केही क्षण होटलमा खाजा खान बस्दा केवल दुई जनाको खाजामा उनले २८९ डलर अर्थात ३४ हजार २ सय भन्दा बढि खर्च गरे । यतिमात्र होइन उनी प्रेमिकालाई इम्प्रेस गर्न यति आतुर थिए की उनले वेट्रेसलाई टिप्समा १ सय डलर अर्थात करीब १२ हजार टिप्स पनि दिए ।

सय डलर टिप्समा पाएकी वेट्रेस निकै खुसी भइन् । तर केहीबेरमा नै ती युवक फर्केर आए र उनले वेट्रेसलाई २० डलर मात्र टिप्स राख्न भन्दै बाकीँ ८० डलर फिर्ता मागे । प्रेमिको अघि निकै सभ्य बनेका ती युवक फर्केपछि निकै आक्रोशित बने ।

युवकको यस हर्कतपछि वेट्रेसले पनि उनलाई मजा चखाउने सोचका साथ बिलमा भुल भएको बहानामा बिल पुनः मागिन् । उनको प्रेमिकाको सामु पुगेर चिच्याउदै सबै कुरा भनि दिइन् ।

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ६ : १५ बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को