मनसुनी वायुको प्रभावले मुलुकभर वर्षा, काठमाडौँ उपत्यकामा वर्षकै धेरै वर्षा | Khabarhub Khabarhub

मनसुनी वायुको प्रभावले मुलुकभर वर्षा, काठमाडौँ उपत्यकामा वर्षकै धेरै वर्षा

बनेपाको पुल बजार क्षेत्र डुबानमा, अरनिको राजमार्ग अवरूद्ध


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ मनसुनी वायुको प्रभाव कायमै रहँदा आज देशका अधिकांश भेगमा वर्षा भइरहेको छ ।

हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहँदा मुलुकभर हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातिदेखि कयौँ स्थानमा भारी वर्षा भएको मौसमविद्ले जनाएका छन् ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा यो वर्षकै धेरै वर्षा भएको छ । अर्यालका अनुसार काठमाडौँमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ । भक्तपुरको नगरकोटमा ४१ मिलिमिटर वर्षा भएको छ ।

भारी वर्षापछि काठमाडौँ उपत्यकाका साना तथा ठूला नदीको तटीय क्षेत्रमा डुबान भएको छ । वाग्मती, विष्णुमती, धोवीखोला, हनुमन्ते खोलालगायतका क्षेत्र आसपासमा बाढीपछि डुबान भएको विवरण प्राप्त भएको छ । भारी वर्षापछि सवारीसाधन सञ्चालन गर्नै अप्ठ्यारो हुने गरी सडक जलमग्न भएका छन् ।

भोलिसम्म देशैभर ठाउँठाउँमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

आज दिउँसो प्रदेश-२ बाहेकका सबै क्षेत्रमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अरनिको राजमार्ग अवरूद्ध

भारी वर्षाले बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात समेत अवरुद्ध भएको छ ।

होचो भुभागमा रहेका घरका पहिलो तल्ला डुबेका छन् । केही साना सवारीसाधन समेत डुबेका प्रहरीले जनाएको छ । खोला साँघुरिएको कारण पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ७ : १५ बजे

बेलायतमा तापक्रम तीव्र वृद्धि

एजेन्सी – बेलायतको मौसम विभाग (मेट अफिस) ले सोमबार सार्वजनिक

जबरजस्ती बेपत्ता पार्ने गतिविधि तत्काल रोक्न पाकिस्तानी मानव अधिकार आयोगको आग्रह

काठमाडौं– पाकिस्तानको मानव अधिकार आयोगले त्यहाँको सरकारलाई जबरजस्ती बेपत्ता पार्ने

कर्णाली राजमार्गको कालीकोट सडक खण्ड अवरुद्ध

काँक्रेविहार – आज साँझदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

कामपाबाट २०४ जना विपन्न, असहायले लिए निःशुल्क सेवा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको लक्षित वर्ग निःशुल्क उपचारबाट अहिलेसम्मा