भाद्रकृष्ण औँसी श्राद्ध आज, कुशे औँसी मङ्गलबार « Khabarhub

भाद्रकृष्ण औँसी श्राद्ध आज, कुशे औँसी मङ्गलबार


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भाद्रकृष्ण औँसीमा दिवङ्गत पितृका नाममा गरिने तर्पण, सिदादान र पिण्डदान आज परेको छ ।

बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म भने मङ्गलबार गर्नुपर्ने  पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

अपराह्नमा औँसी भएका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार यस्तो निर्णय भएको समितिले जनाएको छ । समितिका अनुसार आज बिहान सूर्योदय ५:४५ बजे भएको छ ।

समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमले आज बिहान ६:५६ मिनेटसम्म चतुर्दशी तिथि र त्यसपछि औँसी  भएकाले अपराह्नकालमा औँसी तिथि परेको बताए  ।

सूर्योदयमा औँसी भएका दिन स्नान, दान आदि कर्म गर्ने, हलो बार्ने, बाबुको मुख हेर्ने आदि पर्व मनाउनुपर्ने शास्त्रीय विधिका आधारमा यी कर्म भदौ २२ गते मङ्गलबार गर्नुपर्ने समितिले स्वीकृति दिएको पञ्चाङ्ग (पात्रो) मा उल्लेख छ । मङ्गलबार बिहान ६:२५ सम्म औँसी तिथि छ । सूर्योदय बिहान ५:४६ बजे हुन्छ ।

मघा नक्षत्र भएकाले आज श्राद्ध गर्न नहुने धर्मशास्त्रविद् गौतमले जानकारी दिए । मघा नक्षत्र भएका दिन श्राद्ध गरेमा जेठो छोरा नाश हुने शास्त्रीय वचन छ ।

सन्तान नहुनेले भने आज श्राद्ध गर्छन् । मघामा पिण्ड नदिई गरिने श्राद्ध भने आज गरिन्छ । तीर्थमा गरिने श्राद्ध मघा नक्षत्र परे पनि गर्नुहुन्छ भन्ने मान्यता राख्नेहरु आज बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा पुगेका छन् ।

दूरी कायम गरी श्राद्ध

मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ आज श्राद्ध गर्न आउनेलाई दूरी कायम गरेर कर्म गर्न दिइने बताए । मङ्गलबार कुशे औँसीका अवसरमा हुने मेला भने स्थगित गरिएको उनले सुनाए ।

मङ्गलबार बिहानैदेखि प्रहरी परिचालन गरेर मेला रोक्ने समितिको तयारी छ । भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा श्राद्ध गरेमा घर र मामाघरतिरका २१ पुस्तासम्मका पितृले पार पाउँछन् भन्ने धार्मिक विश्वास छ ।

यसै विश्वासका आधारमा प्रत्येक वर्ष गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाखौँ भक्तजन आउने गर्छन् । कोरोना महामारीका कारण गत वर्ष यस वर्ष पनि मन्दिर क्षेत्रमा लाग्ने मेला रोकिएको छ । यस अवसरमा मन्दिरमा हुने नित्य पूजा आराधना भने यथावत् रहने समितिले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १० : १५ बजे

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

काठमाडौं– नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ।

हारजितको अनुमान र मत सर्वेक्षणप्रति निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हारजितको अनुमान

रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै

एजेन्सी– रूस र यूक्रेनबीचको युद्ध नजिकिँदै चार वर्षपछि फेरि अमेरिकाको

प्रसाईँलाई रिहा गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक