कुशे औंसीमा अलकाको ‘निनाद वल्लरी’ | Khabarhub Khabarhub

कुशे औंसीमा अलकाको ‘निनाद वल्लरी’


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कुशे औंसीको तिथि पारेर पब्लिकेशन्स नेपालयले अलका आत्रेय चूडालको खण्डकाव्य ‘निनाद वल्लरी’ बजारमा ल्याएको छ । ‘नेपालय कविता’ अन्तर्गत प्रकाशित यो पुस्तक नौवटा विभिन्न छन्दमा विरचित करुण रसका कविताहरुको संग्रह हो ।

‘लाटो साथी’ उपनामले प्रख्यात साहित्यकार विष्णुराज आत्रेयकी छोरी अलकाले ‘निनाद वल्लरी’ आफ्ना स्वर्गीय पिता आत्रेयको प्रथम वार्षिकीमा पितालाई अर्पण गरेर लेखिएको शोककाव्य हो । यस काव्यले पिता पुत्रीको वात्सल्य र वियोगलाई छन्दमार्फत् अत्यन्त मार्मिक र सुललित शैलीमा अभिव्यक्त गरेको छ । साथै, छोरीलाई अर्कै गोत्र मानेर पिताको शोकमा सरिक हुन बन्देज लगाउने कर्मकाण्डीय रितिमाथि पनि परोक्ष रुपमा व्यंग्य गरेको छ ।

दक्षिण एशियाको बौद्धिक इतिहास र राहुल सांकृत्यायन विषयमा विद्यावारिधि गरेकी अलका हाल भियना विश्व विद्यालय अस्ट्रियामा प्राध्यापन गर्छिन् । उनको लेखनमा संस्कृत र नेपाली साहित्य साथै पूर्वीय दर्शनको सुगठित र सुरुचिपूर्ण संयोजन पाइन्छ । कथा, कविता, संस्मरण, समालोचना, निबन्ध, अनुवाद आदि विधामा लामो समयदेखि कलम चलाएकी चूडालको यो दोस्रो पुस्तकाकार काव्य वा खण्डकाव्य हो ।

‘भावको चरमोत्कर्षलाई शब्दले मात्र पूर्णतया अभिव्यक्त गर्न नसक्ने रहेछन् । प्रेम, प्रसन्नता, सुख वा दुःखको चूडान्त अनुभूतिलाई व्यक्त वा विरेचन गर्न हाम्रो शरीरको पनि सक्रिय सहभागिता हुन्छ भन्ने त प्रकृतिसिद्ध कुरा हो । साहित्यका विधाहरुमा छन्द कविता त्यस्तो भाव सम्प्रेषण गर्न सक्षम भएको मैले पाएँ,’ उनले भनिन् ।

अठार वर्षको किशोर वयमै प्राचीन व्याकरणलगायत् अन्य दुई विषयमा स्नातकोत्तर गरेर किर्तीमान बनाएकी डा. अलकाले कक्षा दशसम्म घरमै पिताबाटै अनौपचारिक शिक्षा ग्रहण गरेकी थिइन् ।

नेपाली बजारका निम्ति ‘निनाद वल्लरी’ को मूल्य रु. १६५ तय गरिएको छ । देशका प्रमुख पुस्तक पसलहरुमा साथै पुस्तकको ई बूक र अडियो बुक थुप्रै डट कममा सर्वत्र उपलब्ध हुनेछ । विश्व बजारमा पुस्तक अमेजनमार्फत् उपलब्ध हुनेछ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ११ : २५ बजे

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार

धरान – तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र