रानू मण्डलको बायोपिक तयारी « Khabarhub

रानू मण्डलको बायोपिक तयारी


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– सामाजिक सञ्जालमा आफ्नो स्वर स्वर रहेको भिडियो सार्वजनिक भएपछि रातारात स्टार बनेकी रानू मण्डलको कथा अब फिल्मको पर्दामा उतारिने भएको छ । उनको बायोपिकको नाम ‘मिस रानू मारिया’ हुनेछ ।

फिल्मको निर्देशन ऋषिकेश मण्डलले गर्नेछन् । फिल्ममा रानूको भूमिका इशिका डेले गर्नेछिन् । इशिकाले कैयौं बंगाली र हिन्दी फिल्ममा अभिनय गरेकी छन् ।

रानूले लता मंगेशकरको गीत ‘एक प्यार का नगमा है’ गाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी भारतभर चिनिएकी थिइन् । त्यसपछि उनलाई संगीतकार हिमेश रेशमियाले आफ्नो फिल्म ‘ह्याप्पी हार्डी एण्ड हीर’मा एक गीतको प्रस्ताव गरेका थिए ।

यद्यपि हिमेशको एक मौकापछि रानू फेरी गायब भइन् । रानूको बायोपिक फिल्म बंगाली भाषामा मात्र रिलिज हुने कुरा भए पनि निर्माताले फिल्मलाई हिन्दी भाषामा पनि बनाउने निर्णय लिएका छन् । यसका लागि निर्माताले हिमेशलाई प्रस्ताव गरेका छन् ।

रानूको भूमिका निभाउन लागेकी इशिकाले रानूको जीवन यात्रा रोचक र उतारचढावपूर्ण भएकाले आफ्ना लागि यो चरित्र चुनौतिपूर्ण रहेको बताइन् ।

इशिकालाई रानूको लुक्समा आउन निकै मेहनत गर्नु परेको छ । उनले दुई महिनामा १० किलो तौल घटाएकी छन् । रानूले १२ वर्षसम्म रेल्वे स्टेसनमा मागेर गुजारा गरेकाले त्यो चरित्र आफ्ना लागि चुनौतिपूर्ण रहेको इशिकाले खुलाइन् ।

इशिकाले हालसम्म रानूलाई भेटेकी छैनन् । उनकी उनी कोलकातामा छिन् । यद्यपि उनी चाँडै नै रानूसँग भर्चुअली कुराकानी गर्नेछिन् । फिल्मको सुटिङ नोभेम्बरमा कोलकाताबाट सुरु हुनेछ । फिल्म सन् २०२२ को मार्च–अप्रिलमा रिलिज हुनेछ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १२ : १४ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान