बाबुरामले भने : एमसीसी पारित गरौँ « Khabarhub

बाबुरामले भने : एमसीसी पारित गरौँ


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन र नेपाल सरकारबीच भएका सम्झौता एमसीसी कम्प्याक्ट पारित गर्नुपर्ने बताएका छन् ।

एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने बताएका हुन् । ट्वीटरमा एक पोस्ट लेख्दै उनले एमसीसी र बीआरईलाई अगाडि बढाउनुपर्ने बताएका हुन् । उनले एसीसीमा राष्ट्रिय सहमति गर्नुपर्नेसमेत बताएका छन् । सत्तारुढ गठबन्धनको एक महत्वपूर्ण घटक जसपाका नेताको यो भनाइले सरकारले आसन्न संसद अधिवेशनबाट एमसीसी पारितको तयारी गरेको संकेत देखिएको छ ।

नले लेखेका छन्, ‘यसमा राष्ट्रिय सहमति गरौं : १ उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं, २ चीनसँगका BRI पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं, अमेरिकासँग चिठी आदानप्रदान सहितः MCC कार्यान्वयन गरौं । युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं !’

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १२ : १९ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा