गभर्नरलाई अर्थमन्त्रीले भने : शेयर बजारमा नकरात्मक प्रभाव पार्ने नीति नबनाउनू « Khabarhub

गभर्नरलाई अर्थमन्त्रीले भने : शेयर बजारमा नकरात्मक प्रभाव पार्ने नीति नबनाउनू


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार लगातार ओरालो लागेपछि अर्थमन्त्री जनार्दन शर्माले चासो लिएका छन् । उनले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

राष्ट्र बैंकले शेयर धितोमा १२ करोडभन्दा बढी ऋण लिएर शेयरमा लगानी गर्न नपाउने नीति बनाएपछि शेयर बजारमा त्यसको नकरात्मक प्रभाव परेको थियो । सोही विषयलाई लिएर लगानी कर्ताहरुले गभर्नर अधिकारीको राजीनामासमेत मागेका छन् ।

अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई शेयर लगानीकर्ताको मनोबल घट्ने गरी कुनै पनि काम नगर्न निर्देशन दिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर अधिकारीसँग टेलिफोन कुराकानी गरेका हुन् ।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरे.का थिए । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएका छन् ।

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।

अर्थमन्त्रीले गभर्नरलाई निर्देशन दिएकी दिन शेयर बजारमा उल्लेख्य सुधार आएको छ ।

आइतबार तीन अंकको गिरावट आएको शेयर बजारमा सोमबार कारोबार सुरु भएदेखि नै लगातार नेप्से परिसूचक बढिरहेको छ । सोमबार लगभग सबै कम्पनीका शेयर मूल्यमा वृद्धि भएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १ : १० बजे

अमेरिकालाई लक्षित गर्दै दक्षिण अफ्रिकाका राष्ट्रपतिले भनेः जी–२० मा कसैको ‘दादागिरी’ चल्दैन

जोहानेसबर्ग – संयुक्त राज्य अमेरिकाले जी–२० शिखर सम्मेलन बहिष्कार गर्ने

सिमरामा जेनजी कुटेको आरोपमा एमालेका अर्का नेता पक्राउ

काठमाडौँ- बाराको सिमरामा जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेको आरोपमा नेकपा एमालेका

बागमती प्रदेशसभा बजेट अधिवेशन अन्त्य

बागमती – बागमती प्रदेशसभाको बजेट अधिवेशन (वर्षे अधिवेशन) अन्त्य गरिएको

एमाले सचिवालय बैठकः महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन

काठमाडौं – नेकपा (एमाले)ले ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न

मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान

काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ