बाढीले बल्खुको तरकारी बजारमा भागाभाग, कम्तीमा २ करोडको क्षति (फोटो फिचर) « Khabarhub

बाढीले बल्खुको तरकारी बजारमा भागाभाग, कम्तीमा २ करोडको क्षति (फोटो फिचर)



काठमाडौँ– कोही साबेलले हिलो माटो उठाएर फालिरहेका थिए । कोही ठेलामा डोरी लगाएर मिलीजुली माटो र बालुवाको लेदो उठाउँदै फाल्नमा व्यस्त थिए ।

यस्तो दृश्य हो सोमबार बिहान बल्खुस्थित फलफूल तथा तरकारी बजारको । बल्खुको तरकारी बजारमा पूर्वाह्न दुई बजे नै चहलपहल शुरू हुन्छ ।

सोमबार बिहान व्यवसायीहरू तरकारी मिलाइरहेका थिए । अचानक बाग्मती उर्लिएर तरकारी बजार भरिएपछि भागाभाग भयो । ज्यान बचाउन भाग्नु परेपछि उनीहरूलाई आफ्ना सामानको चिन्ता भयो ।

‘१० मिनेटमै पानीले तरकारी सखाप पार्यो नि !’ ५८ वर्षिया अमृतबहादुर बस्नेतले भने, ‘मेरो कम्तीमा ५० हजारको तरकारी बगायो ।’

उनको व्यवसाय भनेकै तरकारी व्यापार हो । यही व्यवसायले १० वर्षदेखि परिवार पाल्दै आइरहेका छन् । बजारमा पानी पसेर सबै तरकारी बगाएको चाहिँ उनले पहिलो पटक देखेका हुन् ।

‘मुला, गाँजर, काँक्रो, बन्दा, काउली, भेन्टा थुप्रै तरकारी राखेको थिएँ,’ उनले छरपस्ट बजार देखाउँदै भने, ‘हेर्नुस् त ! केही छैन अहिले ।’

अर्का व्यवसायी राजकुमार राईले आजै बेच्न ठिक पारेको ८० हजार रुपैयाँको तरकारी बगाएको बताए । उनले डल्ले चाउ, पाते चाउ लगायत अनेक किसिमका तरकारी राखेका थिए । बागमतीको ढलको लेदो तरकारी बजारमा पस्दा बजारमा भेला भएका व्यापारीहरू तर्सिएर भाग्न थाले । ‘बाहिर हेर्दा हेर्दै घुँडासम्म पानी आइसकेछ,’ उनले खबरहबसँग भने, ‘तरकारी छोडेर भाग्नुको विकल्प नै थिएन ।’

राजकुमारका अनुसार तरकारी बजारमा पानी पस्न थाल्दा बिहानको सवा चार बजेको थियो । पाँच बज्दा बजार पूरै जलमग्न भइसकेको थियो । पानी घट्न थालेपछि उनीहरू बजार पसे ।

राजकुमारले भने, ‘पानीले बागमतीको लेदो ल्यायो, सबै तरकारी बगायो, लेदोले पु¥यो ।’ उनीहरूका अनुसार यससघि २०६८ सालमा तरकारी बजारमा यसरी नै पानी पसेको थियो । अहिलेको जति क्षति भने भएको थिएन ।
२५० स्टलबाट २ करोडभन्दा बढी क्षति !

सोमबार बिहान तरकारी बजारमा पसेको बाढीले २५० वटा स्टलमा क्षति पु¥याएको तरकारी बजारका सञ्चालक मोहन बस्नेतले खबरहबलाई जानकारी दिए ।

‘पाँच वटा खाद्य गोदाम; लसुन, अदुवा र प्याजको २५ वटा गोदाममा पानी पस्यो,’ उनले भने, ‘तरकारी र खाद्य गरी २ करोडभन्दा बढिको क्षति भएको छ ।’

उनका अनुसार तरकारी बोक्ने, फोहोर बोक्ने र व्यवसायीले प्रयोग गर्ने केही मोटरसाइकलहरू हिलोमा पुरिएका थिए ती अहिले बनाउन पठाएका छौँ ।

मौसम ठिक भए सबै सफाइ हुन र तरकारी बजार सञ्चालन हुन दुई दिन लाग्ने बस्नेतले बताए ।

 

 

 

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  २ : ३९ बजे

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आसन्न निर्वाचनमा १६० जना महिलाले स्वतन्त्र प्रतिस्पर्धा गर्दै  

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६० जना महिला उम्मेदवारले

डा. यशोदा रिजालको निलम्बन तत्काल कार्यान्वयन नगर्न उच्चको आदेश, के हो रिजालमाथीको मुद्दा ?

काठमाडौं – उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिलले डा. यशोदा

हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा

काठमाडौं – भुटानी शरणर्थीको कथामा बनेको वरिष्ठ कलाकार हरिवंश आचार्य

स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि