काठमाडौँ जिल्लाका विद्यालय असोज १ बाट खोल्न पाइने « Khabarhub

काठमाडौँ जिल्लाका विद्यालय असोज १ बाट खोल्न पाइने


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ जिल्ला भित्रका निजी तथा सामुदायिक विद्यालय असोज १ गतेबाट खोल्न पाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहको शिक्षा विभाग कर्मचारी र अभिभावक सहितको बैठकले कोरोना संक्रमणको अवस्था हेरेर असोज १ गतेबाट विद्यालय खोल्न सक्ने निर्णय गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले असोज १ गतेबाट विद्यालय खोल्न सक्ने अनुमति दिएको बताए । स्थानीय तहको शिक्षा प्रतिनिधि र अभिभावक प्रतिनिधिसहति बसेको बैठकले कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय खोल्न सक्ने अनुमति दिएको उनले बताए ।

भदौ महिनाभर कोरोना संक्रमणको अवस्था अवलोकन गरेर सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर विद्यालय सञ्चालन गर्न सक्ने उनको भनाइ छ । विद्यालय सञ्चालन गर्नुभन्दा पहिला नगर शिक्षा समितिबाट स्वीकृति लिनुपर्ने उनले बताए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई विद्यालय खोल्ने अनुमति दिएको हो । तर विद्यालय खोल्ने कि नखोल्लने भन्ने निर्णय भने सम्बन्धित स्थानीय तहहरुले गर्ने उनले बताए ।

कोरोना संक्रमणको अवस्था हेरेर नगर शिक्षा समितिको वैठकले विद्यालय सञ्चालन गरे त्यसलाई प्रशासनले अनुमति दिनेछ । काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले सोमबारको बैठकमा भदौ महिनाभर कोरोना संक्रमणको अवस्था हरेर विद्यालय सञ्चालन गर्न सक्ने विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार काठमाडौँ महानगरपालिका शिक्षा समितको बैठक भदौ २८ गते बस्नेछ र उक्त समयको कोरोना संक्रमणको अवस्था अनुसार निर्णय हुनेछ ।

राष्ट्रिय अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय पालिकालाई विद्यालय सञ्चालन गर्ने अनुमति दिनु सकारात्मक कुरा भएको बताए । दशैँ तीहार नजिकिरहेको अवस्थामा केही दिनका लागि विद्यालय सञ्चालन गर्नुभन्दा कात्तिकपछि नियमित रुपमा विद्यालय सञ्चालन गर्न सक्ने तयारीमा लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ५ : ०७ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज