भोलि नेपाल र पीएनजीबीच पहिलो ओडीआई क्रिकेट हुँदै « Khabarhub

भोलि नेपाल र पीएनजीबीच पहिलो ओडीआई क्रिकेट हुँदै


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र पपुवा न्यूगिनी (पीएनजी)बीचको दुई खेलको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेल मंगलबार हुँदैछ । आईसीसी बिश्वकप क्रिकेट लिग डिभिजन – २ को तयारीमा रहेका नेपाल र पीएनजीबीच मंगलबार ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा पहिलो खेल हुनेछ ।

खेल नेपाली समयअनुसार मंगलबार बिहान सवा ११ बजे सुरुहुनेछ । दुबै टोली पहिलो ओडीआई जित्ने लक्ष्यमा रहेका छन् । नेपालले ओमानमा पीएनजीसँग दुई खेल खेल्नेछ । दोस्रो खेल शुक्रबार हुनेछ ।

यसअघि नै ज्ञानेन्द्र मल्लको कप्तानीमा २९ सदस्यीय टोली ओमान पुगेको छ । यसपटक नेपाली टोलीमा पूर्व कप्तान पारस खड्का उपलब्ध हुने छैनन् । यो श्रृंखलाका लागि तिब्र गतिका बलर गुल्सन झा पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । नेपाल पुलिस क्लबबाट घरेलु लिग खेलेका गुल्सन पहिलो पटक टोलीमा स्थान बनाएका हुन् ।

पीएनजीसँग खेलेपछि नेपाली टिम अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ । खेल १३–१९ सेप्टेम्बरसम्म हुनेछ ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरि, कुशल भुर्तेल, आसिफ सेख, गुल्शन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, कमल सिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशान भारी, शरद भेषवाकर, बिक्रम सोब, पवन सर्राफ, रोहित कुमार पौडेल ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ५ : ५८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना