क्रान्तिकारीहरुको ध्रुवीकरण गर्दै देशलाई स्थायित्व दिनुपर्छ : नेता साह « Khabarhub

क्रान्तिकारीहरुको ध्रुवीकरण गर्दै देशलाई स्थायित्व दिनुपर्छ : नेता साह


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले नेता पूर्वमन्त्री प्रभु साह क्रान्तिकारीहरुको ध्रुवीकरणको दिशामा लागेका छन् । सर्वोच्च अदालतको फैसलाले एमाले व्युतिएपछि उनी यथास्थितिवादी भन्दै क्रान्तिकारीहरुको ध्रुवीकरणमा लागेका हुन् ।

माओवादी पक्षबाट आएका उनले केपी ओलीलाई साथ दिँदै मन्त्री समेत बनेका थिए । तर, सर्वोच्च अदालतको फैसला पश्चात एमाले ब्युतेपछि यथास्थितिवादी भन्दै अहिले उनी क्रान्तिकारीहरुको ध्रुवीकरणमा जोड दिन थालेका छन् ।

नेकपा हुँदा देखि नै पार्टी एकता जोगाउन लागिपरेका पूर्वमन्त्री साहले अहिले क्रान्तिकारी ध्रुवीकरणमा केन्द्रित भएको उनी निकट एक नेताले बताएका हुन् ।

“उहाँ लगातार कम्युनिष्ट एकताका लागि लड्दै आउनुभएको नेता हो । माओवादीमा हुँदा होस् चाहे नेकपामा उहाँ निरन्तर पार्टी एकताको स्पिरिटमा काम गर्नुभएको तपाई हामी सबैले देखेका हौँ । सबै नेताहरु पदकै लागि एकता भाँडिरहेको बेला उहाँले प्रदेश अध्यक्षबाट राजिनामा समेत दिनुभएको थियो ।” ती नेताले भने, “देशमा राजनीतिक संकट गहिरिँदै गएको र उपलब्धि गुम्ने खतरा बढदै गएकोले क्रान्तिकारीहरुको ध्रुवीकरण आजको आवश्यकता बनेको छ । र उहाँ अहिले त्यही दिशामा केन्द्रित हुनुभएको छ ।”

तर नेकपा एमालेले भने पूर्वमन्त्री साहको एकता अभियानलाई सहज रुपमा लिएको छैन । एमालेका एक स्थायी कमिटी सदस्यले पूर्वमन्त्री साहले पार्टी छोडेर जाँदा पनि आफूहरुलाई फरक नपर्ने बताए । पूर्वमन्त्री साहले अहिलेसम्म एमाले नस्वीकारेकोले उनको अभियान व्यक्तिगत भएको ती स्थायी कमिटी सदस्यले जीकिर गरे ।

“अदालतले हामीलाई एमाले बन्न भन्यो हामी बन्यौँ । कसैलाई एमालेमा बस्न मन लागेन भने पार्टी छोडे पनि हामीलाई केही फरक पर्दैन ।” ती सदस्यले भने, “जहाँसम्म तपाईले सोधेको विषयमा भन्नुपर्दा उहाँले अहिलेसम्म एमाले स्वीकारेकै होइन । उहाँले जेसुकै गरे त्यो उहाँको नितान्त व्यक्तिगत विषय हो ।”

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  २ : २५ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत