क्रान्तिकारीहरुको ध्रुवीकरण गर्दै देशलाई स्थायित्व दिनुपर्छ : नेता साह « Khabarhub

क्रान्तिकारीहरुको ध्रुवीकरण गर्दै देशलाई स्थायित्व दिनुपर्छ : नेता साह


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले नेता पूर्वमन्त्री प्रभु साह क्रान्तिकारीहरुको ध्रुवीकरणको दिशामा लागेका छन् । सर्वोच्च अदालतको फैसलाले एमाले व्युतिएपछि उनी यथास्थितिवादी भन्दै क्रान्तिकारीहरुको ध्रुवीकरणमा लागेका हुन् ।

माओवादी पक्षबाट आएका उनले केपी ओलीलाई साथ दिँदै मन्त्री समेत बनेका थिए । तर, सर्वोच्च अदालतको फैसला पश्चात एमाले ब्युतेपछि यथास्थितिवादी भन्दै अहिले उनी क्रान्तिकारीहरुको ध्रुवीकरणमा जोड दिन थालेका छन् ।

नेकपा हुँदा देखि नै पार्टी एकता जोगाउन लागिपरेका पूर्वमन्त्री साहले अहिले क्रान्तिकारी ध्रुवीकरणमा केन्द्रित भएको उनी निकट एक नेताले बताएका हुन् ।

“उहाँ लगातार कम्युनिष्ट एकताका लागि लड्दै आउनुभएको नेता हो । माओवादीमा हुँदा होस् चाहे नेकपामा उहाँ निरन्तर पार्टी एकताको स्पिरिटमा काम गर्नुभएको तपाई हामी सबैले देखेका हौँ । सबै नेताहरु पदकै लागि एकता भाँडिरहेको बेला उहाँले प्रदेश अध्यक्षबाट राजिनामा समेत दिनुभएको थियो ।” ती नेताले भने, “देशमा राजनीतिक संकट गहिरिँदै गएको र उपलब्धि गुम्ने खतरा बढदै गएकोले क्रान्तिकारीहरुको ध्रुवीकरण आजको आवश्यकता बनेको छ । र उहाँ अहिले त्यही दिशामा केन्द्रित हुनुभएको छ ।”

तर नेकपा एमालेले भने पूर्वमन्त्री साहको एकता अभियानलाई सहज रुपमा लिएको छैन । एमालेका एक स्थायी कमिटी सदस्यले पूर्वमन्त्री साहले पार्टी छोडेर जाँदा पनि आफूहरुलाई फरक नपर्ने बताए । पूर्वमन्त्री साहले अहिलेसम्म एमाले नस्वीकारेकोले उनको अभियान व्यक्तिगत भएको ती स्थायी कमिटी सदस्यले जीकिर गरे ।

“अदालतले हामीलाई एमाले बन्न भन्यो हामी बन्यौँ । कसैलाई एमालेमा बस्न मन लागेन भने पार्टी छोडे पनि हामीलाई केही फरक पर्दैन ।” ती सदस्यले भने, “जहाँसम्म तपाईले सोधेको विषयमा भन्नुपर्दा उहाँले अहिलेसम्म एमाले स्वीकारेकै होइन । उहाँले जेसुकै गरे त्यो उहाँको नितान्त व्यक्तिगत विषय हो ।”

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  २ : २५ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा