झापाको भद्रपुरमा मेगा बैंकको एटीम सेवा विस्तार « Khabarhub

झापाको भद्रपुरमा मेगा बैंकको एटीम सेवा विस्तार


२१ भदौ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीम सेवा विस्तार गरेको छ ।

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीम सेवा सञ्चालन गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सेवाग्राहीहरुको पनि सहभागिता रहेको थियो । योसँगै १ सय ३७ स्थानमा मेगा बैंकले एटीम सेवा विस्तार गरेको छ ।

स्थापनाको १२ वर्षमा आइपुग्दा मेगा बैंकले १९९ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर २४ वटा एक्स्टेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सेवा, ३,२०० भन्दा बढी मेगा रेमीट सञ्जाल छन् ।

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ३ : ३० बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै