यी हुन् मन्त्रिपरिषदका निर्णयहरू | Khabarhub Khabarhub

यी हुन् मन्त्रिपरिषदका निर्णयहरू


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ँ– सरकारले बीपी कोइरालाको नाममा बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बीपीका नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यसैगरी आर्थिक बर्ष २०७८–०७९ का लागि विभिन्न आयोजनाका लागि अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ । उनकाअनसार निजामति सेवा व्यवस्था बमोजिम निजामति सेवा दिवस दिन मंगलबार ४० जना कर्मचारीलाई पुरस्कार वितरण गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । अन्तर्राष्ट्रिय विकास क्षेत्रबाट विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि सहुलियतपूर्ण ऋण सहायता स्वरुप प्राप्त हुने रु ५ अर्ब ५४ करोड ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय विकास संस्थामार्फत नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापनका लागि सुधारका लागि ५ अर्ब ९४ करोड बराबरको अतरिक्त सहुलियतपूर्ण ऋण स्वीकार गर्ने र जलवायु परिवर्तन सम्बन्धी अनुकूल कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपाल सदस्य मुलुकमा सहभागी हुने प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ ।

दार्चुलाको ब्यास गाउँपालिकास्थित छाङरुमा स्थापना भएका नेपाल प्रहरी चौकी र शसस्त्र प्रहरी भवनका लागि ८ हजार ५०० सय क्यूफिट सल्लो प्रजातिको काठ संकलन गरि स्वीकृत प्रदान गर्ने समेत निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बजेटका सम्बन्धमा भेटेर नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव गरेकोमा अस्विकार गरेको कार्कीले जानकारी दिए । २३ भदौदेखि सूचारु हुने संसदको अधिवेशन र आफूहरु प्रतिपक्षसँग वार्ताद्वारा बजेटका सम्बन्धमा निष्कर्षमा पुग्ने बताए ।

मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता कार्कीले मन्त्रिपरिषद्ले चाँडै नै पूर्णता पाउने बताए । ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ७ : ३१ बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले