अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो « Khabarhub

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो समय वृद्धि भएको छ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु एक लाख नाघेको छ ।

गुणस्तरीय अलैँची प्रतिमन आज रु एक लाख दुई हजारमा कारोबार भएको अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिए ।

शनिबार प्रतिमन रु ९६ हजार रहेको अलैँचीको मूल्य अपराह्नपछि प्रतिमन रु दुई हजारले बढेर रु ९८ हजार पुगेको थियो । आज फेरि प्रतिमन रु चार हजारका दरले वृद्धि भई रु एक लाख दुई हजार पुगेको उनले बताए ।

असोज दोस्रो सातासम्म प्रतिमन रु ८५ हजारमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनाको अवधिमा रु १५–१७ हजारले वृद्धि भएको छ । नयाँ उत्पादन सुरु भएपछि रु ८० हजार प्रतिमनबाट कारोबार सुरु भएको अलैँचीको मूल्यमा यस वर्ष अपेक्षाकृत वृद्धि भएको व्यवसायीहरू बताउँछन् । नेपालमा उत्पादित अलैँची भारतीय बजार हुँदै तेस्रो मुलुक निर्यात हुने गर्दछ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : ३६ बजे

दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला

काठमाडौँ– यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा आज

शान्तिवार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, पाँच घाइते

किएभ- युक्रेनले अर्को साता रुस र अमेरिकासँग नयाँ चरणको शान्तिवार्ताको

कीर्तिपुरमा लुम्बिनी र काठमाडौं भीड्ने

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एक

तिहारका लागि बजारमा भित्रिन थाले हिमाली च्याङ्ग्रा (तस्बिरहरू)

बागलुङ – तिहार नजिकिएसँगै हिमाली च्याङ्ग्रा सहर तथा बजारमा भित्रिन

तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन

काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वदेशी तथा स्थानीय