यी हुन् मन्त्रिपरिषदका निर्णयहरू « Khabarhub

यी हुन् मन्त्रिपरिषदका निर्णयहरू


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ँ– सरकारले बीपी कोइरालाको नाममा बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बीपीका नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यसैगरी आर्थिक बर्ष २०७८–०७९ का लागि विभिन्न आयोजनाका लागि अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ । उनकाअनसार निजामति सेवा व्यवस्था बमोजिम निजामति सेवा दिवस दिन मंगलबार ४० जना कर्मचारीलाई पुरस्कार वितरण गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । अन्तर्राष्ट्रिय विकास क्षेत्रबाट विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि सहुलियतपूर्ण ऋण सहायता स्वरुप प्राप्त हुने रु ५ अर्ब ५४ करोड ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय विकास संस्थामार्फत नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापनका लागि सुधारका लागि ५ अर्ब ९४ करोड बराबरको अतरिक्त सहुलियतपूर्ण ऋण स्वीकार गर्ने र जलवायु परिवर्तन सम्बन्धी अनुकूल कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपाल सदस्य मुलुकमा सहभागी हुने प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ ।

दार्चुलाको ब्यास गाउँपालिकास्थित छाङरुमा स्थापना भएका नेपाल प्रहरी चौकी र शसस्त्र प्रहरी भवनका लागि ८ हजार ५०० सय क्यूफिट सल्लो प्रजातिको काठ संकलन गरि स्वीकृत प्रदान गर्ने समेत निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बजेटका सम्बन्धमा भेटेर नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव गरेकोमा अस्विकार गरेको कार्कीले जानकारी दिए । २३ भदौदेखि सूचारु हुने संसदको अधिवेशन र आफूहरु प्रतिपक्षसँग वार्ताद्वारा बजेटका सम्बन्धमा निष्कर्षमा पुग्ने बताए ।

मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता कार्कीले मन्त्रिपरिषद्ले चाँडै नै पूर्णता पाउने बताए । ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ७ : ३१ बजे

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत