आगामी तीन दिन देशभर मेघ गर्जनसहित वर्षाको सम्भावना « Khabarhub

आगामी तीन दिन देशभर मेघ गर्जनसहित वर्षाको सम्भावना


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–भारतको विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा जारी छ । जसका कारण देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (बुधवार) बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो ।

विभागकाअनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि (बिहीबार) देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

पर्सी (शुक्रवार) पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उक्त स्थानहरूका पहाडी भू-भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ७ : २७ बजे

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा