करछली गर्ने सप्लायर्समाथि राजस्व कार्यालयको छापा « Khabarhub

करछली गर्ने सप्लायर्समाथि राजस्व कार्यालयको छापा


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर-६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समा छापा हानेको छ ।

कर छलेको सामान बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा राजस्व कार्यालयले मङ्गलबार साँझ सप्लायर्समा छापा हानेको हो । कार्यालयले कर छलेर ल्याएको २६१ प्याकेट झुम्का सुपरपावर र १४८ प्याकेट बल्ब छाप भएको सुर्तीसमेत बरामद गरेको कर अधिकृत खडानन्द खत्रीले जानकारी दिए ।

कर छली गरी अवैध बाटोबाट सुर्खेत भित्र्याइएको ४०९ प्याकेट सुर्तीजन्य पदार्थ बरामद गरिएको कार्यालयका कर अधिकृत खत्रीले बताए । ‘विशेष सूचनाका आधारमा सप्लायर्समा छापा हान्दा हामीले राजस्वको स्टिकर टाँसेको भेटेनौँ’, कर अधिकृत खत्रीले भने, ‘नियन्त्रणमा लिइएको सामानबमोजिम आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाउँछौँ ।’

उनका अनुसार बरामद सामानको अनुसन्धान गर्नुको साथै थप छानबिनका लागि सञ्चालक लक्ष्मीप्रसाद भुसाललाई (आज) बुधबार कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।’

उक्त पसलमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत छापा हानेको थियो । छापा हान्दा ३१ बोरा म्याद सकिएको म्याङ्गो चक्लेट जफत गरेको प्रशासकीय अधिकृत पदमलाल लामिछानेले बताएका छन् । राजस्व कार्यालयले दोस्रो चरणको निषेधाज्ञामा समेत सप्लायर्सले अवैध सुर्ती बिक्री गरेको भेटिएपछि मुद्दा नै चलाइएको जनाएको छ ।

आन्तरिक राजस्व कार्यालयका अनुसार नेपाल प्रहरीको सहयोगमा गत आर्थिक वर्षमा अवैध सुर्ती जफतबाट झण्डै रु ६० लाख राजस्व सङ्कलन गरिएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ७ : ५२ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने