कोरोना खोप नलगाए पनि साउदी जान पाइने, नेपाली कामदारलाई राहत « Khabarhub

कोरोना खोप नलगाए पनि साउदी जान पाइने, नेपाली कामदारलाई राहत


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य रहेको साउदी अरबले कोभिड-१९ महामारी जारी रहेका बेला पनि विदेशी नागरिकका लागि यात्रा नीति परिवर्तन गरी केही सहज बनाएको छ ।

खोप नलगाएका यात्रु दुई दिन होम क्वारेनटाइन बसेर पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा आफ्नो गन्तव्यमा जान दिइने साउदी अरबको गृह मन्त्रालयले जनाएको छ । यससँगै अब खोप नलगाएका यात्रुहरू पनि साउदी प्रवेश पाउने भएका छन् ।

आठ वर्ष भन्दा कम उमेरका बच्चाहरूलाई मेडिकल टेस्टबाट छुट दिइने छ भने उनीहरूले आगमनको समयदेखि ४८ घण्टासम्म होम  क्वारेन्टाइनमा बस्नुपर्ने मन्त्रालयलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सी जनाएको छ ।

नयाँ नियम अनुसार, कुनै पनि अनुमोदित भ्याक्सिन-फाइजर-बायोटेक, अक्सफोर्ड-एस्ट्राजेनेका, मोडर्ना, वा जोन्सन एण्ड जोन्सन भ्याक्सिनको एक डोज पनि नलगाई साउदी प्रवेश गर्नेले होम क्वारेनटाइन बस्नुपर्नेछ ।

साउदीले यसअघि आफ्नो देश प्रवेश गर्ने हरेक नागरिकलाई पाँच दिन संस्थागत क्वारेनटाइन बस्नुपर्ने नियम बनाएको थियो । साउदीको यो निर्णयसँगै अब नेपाली कामदारले पाँच दिन संस्थागत क्वारेनटाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ९ : २८ बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा