रिंगटा लाग्यो ? के गर्ने, के नगर्ने ? « Khabarhub

रिंगटा लाग्यो ? के गर्ने, के नगर्ने ?


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहीँ रिगंटा लाग्नु सामन्य हो । कमजोरी, अनिन्द्रा जस्ता कारणले क्षणिक रुपमा रिगंटा लाग्न सक्छ । तर, पटक पटक रिंगटा लाग्यो भने यसलाई सामान्य मान्नु हुदैँन ।

रिंगटा लाग्नुमा रगतमा चीनीको स्तरमा गिरावट, शरीरमा रगतको कमी, रक्तचाप आदी पनि कारक हुन सक्छ जो गम्भिर समस्याको कारण पनि बन्न सक्छ । त्यसैले रिगंटा लागेमा चिकित्सकका परामर्श लिने वा रोग बुझेर यसको निदान गर्नु पर्दछ । तर सामान्य रिगंटा लाग्दा भने के गर्ने त ?

रिगंटा लाग्दा के गर्ने, के नगर्ने ?

– रिंगटा आयो भने विस्तारै विस्तारै गहिरो सास लिने ।

– रिगंटा आउना साथ आराम साथ बस्ने ।

– केहि सहज भयो भने ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने ।

– यो बेला सकेसम्म निदाउने कोसिस गर्ने र पर्याप्त निदाउने ।

– पटकपटक रिंगटा लागे घर बाहिर एक्लै नजाने ।

– अग्ला–होचो, अध्याँरो स्थानमा हिँडडुल नगर्ने ।

– नियमित व्यायाम, योगासन गर्ने ।

– चिया, चुरोटको सेवन नगर्ने ।

– पुर्ण निको नहुन्जेल मोटरसाइकल, गाडी, स्कुटर नचलाउने ।

– चक्कर आउनसाथ कुनै शारीरिक गतिविधि नगर्ने ।

रिंगटा लाग्दा के खाने ?

– सात्विक, सुपाच्य भोजन समयमै गर्ने ।

– कमजोरीले चक्कर लागेको भए ग्लुकोज पानी घोलेर पिउने ।

– सम्भव भए अमलाको सर्वत पिउने ।

– धेरै मसलेदार वा चिल्लो खानेकुरा सेवन नगर्ने ।

– एलोपेथिक औषधि आफुखुसी सेवन नगर्ने ।

– हरेक दिन ७ गिलास पानी पिउने ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १२ : ४० बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा